Jilla Ban Notis

भारतीय सेतो अण्डा छयाप–छ्याप्ती भित्रीन थालेपछि नवलपरासी जिल्लाका अण्डा उत्पादक किसानहरु मारमा ।

0 19

कृष्ण ढकाल
बर्दघाट,माघ–९
नवलपरासीको सिमावर्ती क्षेत्रका बजारहरुमा भारतमा उत्पादन भएको कुखुराको सेतो अण्डा छयापछ्याप्ती भित्रीन थालेपछि नवलपरासी जिल्लाका अण्डा उत्पादक किसानहरु मारमा परेको   अण्डा उत्पादक समिति नेपाल नवलपरासीका अध्यक्ष गोविन्द थापाले बताउनु भएको छ ।  भारतीय बजारवाट  भारतीय सीमा क्षेत्रका नेपाली बजार हुंदै कुखुराको अण्डा भित्रन थालेकाले नेपाल अण्डा उत्पादक सघंले समेत रोक्नका लागि निगरानी बढाएको भएपनि  नवलपरासी जिल्लाको दक्षिणी क्षेत्रका बजार तथा चोकमा रहेका अधिकांश पसलहरुमा भारतीय सेतो अण्डाको विक्रि वितरण हुने गरेको अण्डा उत्पादक समिति नेपाल नवलपरासीका कोषाध्यक्ष ईन्द्र जि.सीले बताउनु भएको छ  ।   बुधवार अण्डा उत्पादक समिति नेपाल नवलपरासीको टोली सहित बर्दघाट उद्योग वाणीज्य संघका पदाधिकारीहरुको टोलीले नवलपरासीको गोपिगञ्ज देखि त्रिवेणी सम्मका पसलहरुमा छापामारी भारतीय सेतो अण्डा बरामतगरी विहिवार नष्ट गरेको छ ।  बजारको अनुगमन गरी अवैध रुपमा भारतीय अण्डा भित्रन नदिनका लागि सचेत गराउनका लागि यसप्रकारको अनुगमन गरीएको र अनुगमनका क्रममा फेला परेका सेता अण्डाहरु वरामतगरी प्रहरी,पत्रकार,उद्योगी ब्यवसायी तथा जनप्रतिधिनीहरुको रोहभरमा नष्ट गरीएको बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भएको छ । सीमा क्षेत्रका बजारमा भारतीय सेतो अण्डा भित्रिएपछि नेपाली उत्पादन प्रभावित बनेको छ । कानूनी रुपमा हवाईमार्ग बाहेक अन्यत्रबाट कुखुराजन्य पदार्थ आयात गर्न निषेध गरिएको भउपनि लुकीछिपी सीमाका बजारमा अण्डा आउन थालेपछि अण्डा उत्पादक किसानहरु मारमा परेको बताएकाछन् ।

Leave A Reply

Your email address will not be published.