Jilla Ban Notis

भारतीय मोटरसाईकल सहित अवैध मदिरा बरामत ।

0 14

रबिन्द्र यादव

प्रतापपुर,बैशाख–१९

प्रतापपुर गाँउपालिका वडा नं ४ बर्दघाटे पुल नजिक बाट अबैध रुपमा नेपालबाट भारत तर्फ लैजादै गरेको मदिरा प्रहरीले बरामत गरेको छ । यु.पी.५६ एम ५२२३ नम्बरको मोटरसाईकलमा राखेर भारत तर्फ लादैगरेको अवस्थामा २ सय १० बोत्तल फायर नामक मदिरा सहित एक ब्यक्तीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसंधान गरि रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक खुमानन्द पाण्डेको नेतृत्वमा खटिएको गस्ती टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाही अगाडि बढाएको जनाएको छ । यसैगरी बिहिवार दिउँसो सुस्ता गाँउपालिका वडा नं. १ रुपौलियाबाट १ सय लिटर घरेलु मदिरा नेपाल भित्रै एक स्थानबाट अर्को स्थानमा लग्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई घरेलु मदिरा नष्ट गरेको प्रहरीले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.