Jilla Ban Notis

भारतिय ठेकेदारद्वारा सुस्तामा नदिजन्य पदार्थको चरम दोहन

0 72

सुस्ता,जेष्ठ–१३

नवलपरासीको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले नदीमा दिनहुँ भइरहेको दोहन रोक्न नसकिएको गुनासो गर्नु भएको छ । नियमन गर्ने निकाय समेतले तदारुकता नदेखाउदा मापदण्ड बिपरित चरम दोहन भैरहेको उहाँले बताउनु भयो । प्रहरी प्रशासनबाट समेत सहयोग नपाईएका कारण भारतिय ठेकेदार को दोहन रोक्न नसकिएको उहाको भनाई रहेको छ।

सुस्ता गाउँपालिकामा पर्ने गण्डक क्षेत्रको ए ग्याब र बि ग्याब मा रहेका स्पर ठोकर र बाँधको अहिले मर्मत भइरहेको छ । संरचनाहरु जीर्ण भएपछि नदी छेउमा निर्माण गरिएका बाँधलाई चौडा गर्ने र स्परहरुको मर्मत र नयाँ निर्माण गरिदैं छ ।


निर्माणका लागि आवश्यक पर्ने नदीजन्य पदार्थ बालुवा,गिट्टी अवैध रुपमा निकालिरहेको र त्यसलाई रोक्न गाउँपालिकाले जिल्ला प्रशासन, जिल्ला प्रहरी र जिल्ला समन्वयमा पत्र पठाए पनि बेवस्ता गरेको उहाँको भनाई रहेको छ ।

रोयल्टी लिएर ३० हजार घनफिट गिट्टी, बालुवा र ग्राभेल निकाल्न दिएपनि पछिल्लो पटक रोयल्टी नै नतिरी नदीजन्य पदार्थ निकालेको उहाँले बताउनुभयो । गाउँपालिकाले नदीजन्य पदार्थ निकाल्नका लागि वडा नम्बर ५ मा पर्ने नदी किनारलाई तोकेको छ । तर, भारतीय पक्षले भने अन्यत्रबाट समेत नदीजन्य पदार्थ निकाल्दै आएको छ ।

निकालिएका नदीजन्य पदार्थ गण्डकको निर्माण कार्यबाहेक अन्यत्र समेत लैजाने गरेको स्थानीयले बताएका छन् । जथाभावी रुपमा नदीजन्य पदार्थ दोहन भएको जानकारी पाएपछि जिल्ला अनुगमन समितिले समेत त्यस क्षेत्रको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा भारतीय पक्षले रोयल्टी नतिरी तोकिएको स्थानभन्दा बाहिर गएर जबरजस्ती नदीजन्य पदार्थ निकालेको पाइएको समितिका संयोजक एंव जिल्ला समन्वय समितिका प्रमुख रुद्धल यादवले बताउनुभयो ।

अहिले दोहन गरेर नदीजन्य पदार्थ निकालेको क्षेत्रमा जोखिम समेत बढ्दै गएको छ ।त्यहाका स्थानिय जनताले पटक पटक यसको बिरोध गरेपनि दोहन रोकिन सकेको छैन।ूकाम भन्दा धेरै गिटि बालुवा झिकिएको छ,सबैलाई जानकारी पनि छ तर भारतीय ठेकेदार भएकोले हो या अरु कारण हो प्रशासनको पनि भुमिका देखिएनूसुस्ताका सन्जित शर्माले भन्नुभयो ।

पटक पटक जानकारी गराउदा समेत ठेकेदार पक्षले दादागिरी शैलिमा अटेर गर्दै आएको स्थानियको भनाई छ ।

Leave A Reply

Your email address will not be published.