Jilla Ban Notis

भारतबाट बिहे गरेर ल्याएका बुहारीलाई ७ बर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थाप्रति विरोध प्रदर्शन ।

0 19

गौरीशंकर जयसवाल
परासी, ७ असार
नागरिकता ऐन संसोधन विद्येयकमा ल्याइएको प्रावधानप्रति नेपाल विद्यार्थी संघका विद्यार्थी युवाहरूले विरोध प्रदर्शन गरेका छन । नेपाल विद्यार्थी संघ नवलपरासीका विद्यार्थी नेता रोशन शाहको नेतृत्वमा बुद्धचोक परासीमा विभिन्न नाराबाजी गर्दै नेकपा विरुद्धको प्लेकार्ड सहित विरोध प्रदर्शन गरिएको थियो । युवाहरुले भारत तथा तेस्रो मुलुकबाट विवाह गरेर ल््याउने श्रीमतिलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान हटाउन माग गर्दै विरोध प्रदर्शन गरेका थिए । बिरोध प्रदशर्न पछि कोणसभामा बोल्दै बिद्यार्थी युवा नेताहरुले ७बर्ष पछि मात्र अगीकृत नागरिकता पाउने प्रभावधान मधेश बिपरीत र बिभेदकारी भएको बताएका थिए ।

नेपाली पुरुषसंग विवाह गर्ने विदेशी महिलाले ७ बर्षपछि मात्र अंगीकृत नागरिकता पाउने प्रावधान प्रति नेपाल विदार्थी संघका विद्यार्थी नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्दै उक्त व्यवस्था हटाउन माग राखेका छन । सामाजिक साँस्कृतिक रीतिअनुसार विवाह गरेर ल्याइएकी महिलामाथि अन्याय गर्न लागिएको उनीहरुको भनाँइ छ । ‘महिलामाथि विभेद र अत्याचार गर्न पाइँदैन’, ‘रोटी बेटीको सम्बन्ध विगार्न पाइँदैन’, ‘नागरिकता ऐन संसोधन विद्येयक फिर्ता गर’ महिलामाथि अत्यचार बन्द गर लगायतका नारा लेखिएको प्लेकार्ड सहित विद्यार्थी तथा युवाहरु प्रदर्शनमा उत्रिएका थिए ।

Leave A Reply

Your email address will not be published.