Jilla Ban Notis

ब्यवसायिक संगठनहरुद्धारा प्र.जि.अ.मार्फत प्रद्यानमन्त्रीलाई ज्ञापन पत्र ।

0 40

बर्दघाट,असार–२५
नवलपरासीका उद्योगि व्यवसायीहरुको छाता संगठनका रुपमा रहेका जिल्लाका उद्योग वाणीज्य संघहरु र विभिन्न ब्यापारीका संगठनहरुले संयुक्त रुपमा विभिन्न माग राख्दै आज प्र.जि.अ. मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । लक डाउनका कारण ब्यापारी तथा उद्योगिहरु धरासायि बनेको तर सरकारले त्यस तर्फ ध्यान नदिएको भन्दै उनिहरुले ज्ञापन पत्र मार्फत प्रधानमन्त्रीको ध्यानआर्कषण गराएका छन्। विभिन्न नाराहरु लेखेका पोष्टरहरु तथा ब्यानर प्रर्दशनगर्दै विरोध र्याली सहित जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकलाई ज्ञापन पत्र बुझाएका थिए।
लक डाउनका वेला ब्यापार ब्यवसाय बन्द रहेको अवस्थामा समेत सरकारले बैंकको ब्याज तथा कर तिर्न समय सीमा तोकेर ताकेता गरेपछि संघले सरकारको ध्यानाकर्षण गर्न दबाब मुलक संघर्षको कार्यक्रम गर्न आफुहरु बाध्य भएको बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भएको छ ।
सरकारले लक डाउन पूर्ण रुपमा हटाएको घोषणा गरेको मितिदेखी १ महिना पश्चात मूल्य अभिबृद्धी कर, अन्तशुल्क, आयकर लिनु पर्ने , बंैक ऋण २ वर्षको लागी ब्याज र किस्तालाई पुजिकरण गरि २ वर्ष भित्र न्युन लागतमा ब्याज तिर्ने व्यवस्था हुनु पर्ने, कर्जाको भुक्तानी अवधि पनि २ देखि ५ वर्ष सम्म बढाउनु पर्ने जस्ता माग हरु आफुहरुले अघि सारेको अध्यक्ष न्यौपानेले बताउनु भयो ।
उहांले लकडाउन अवधिको विमाको प्रिमियम छुट र विद्युत महसुलमा पनि सरकारले दिने भनेको छुट उपलब्ध नभएको भन्दै तत्कालै व्यवस्था गर्नु पर्ने बताउनु भयो ।

आज प्र.जि.अ. मार्फत प्रधानमन्त्रीलाई दिईएको ज्ञापन पत्रमा राजश्व तथा कर बुझाउने अवधि लकडाउन हटाईएको घोषणा भएको मितिले एक महिना पछि मात्र मुअकर अन्तशुल्क र आयकर लिने व्यवस्था कार्यान्वयन गर्न पनि माग गरिएको छ । ज्ञापन पत्र बुझाउन जाने क्रममा नवलपरासी उद्योग वाणीज्य संघ, बर्दघाट र सुनवल उद्योग वाणिज्य संघ सहित पश्चिमाञ्चल पेट्रोलियम डिर्लस एसोसियसन, नवलपरासी सुनचांदि व्यवसायी संघ, पाल्ही मध्य नेपाल यातायात प्राली, कृषक हकहित संरक्षण मंच लगाएतको पनि उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.