Jilla Ban Notis

बैदेशिक रोजगारीबाट प्रभावित बालबालिकालाई सहयोग ।

0 58

बर्दघाट–पौष–१९
आफ्नो जन्मदिनको अवसरमा बर्दघाट १३ निवासी ईच्छा सुनारले बैदेशिक रोजगार बाट प्रभावित बाल बालिकालाई आईतबार एक कार्यक्रमका बिच न्यानो कपडाका साथै शैक्षिक सामाग्री सहयोग गर्नु भएको छ ।
अन्तराष्टिय आप्रावासी कामदार दिवस २०७७ को अवसर पारी बैदेशिक रोजगारी बाट प्रभावित बालबालिका लाई सहयोग गर्ने उद्धेश्यले आप्रवासी परिवार हकहित मञ्च नवलपरासीले सुरु गरेको एक रुपिया अभियान अन्तर्गत सुस्ता १ रुपौलियामा आयोजित कार्यक्रममा सो सामाग्री सहयोग गर्नु भएको हो ।
मञ्चका सुस्ता कमिटिका सचिव यादव भारतीको अध्यक्षता तथा सुस्ता वार्ड नंं १ का वार्ड अध्यक्ष अशोक कुमार चौधरीको प्रमुख आतिथ्यता एवं मातालक्ष्मी ज्वेलर्स बर्दघाटका सञ्चालक सदिंप सुनारको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले असहाय तथा प्रभावित बालबालिकाहरुलाई राज्यले सरक्षण दिनुपर्ने कुरामाथि जोड दिदै चौधरीले संघ सस्था एवं ब्यक्ति विशेषले सहयोग गरेको प्रति धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै ज्वेलर्स सञ्चालक सुनारले आफुले आफ्नो धर्म पत्नीको जन्मोत्सवको अवसरमा रंग रमाइलोमा खर्च गर्नुभन्दा पनि प्रभावितहरुलाई सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गर्दै आफुले निरन्तर समाजसंगै हातेमालो गर्दै समाज सेवामा सहयोग गर्दै जाने बताउनुभएको थियो । सो अवसरमा सामी परियोजनाका कार्यक्रम समयोजक ज्ञानेश्वर भण्डारी लगाएतले मन्तब्य राख्नुभएको थियो ।


आप्रवासी परिवार हकहित मञ्च नवलपरासीले बैदेशिक रोजगारबाट प्रभावित परिवारका बालबालिकाहरुका लागी सप्ताह ब्यापी अभियान सुरु गरि नवलपरासी पश्चिमका १० घर परिवारका बालबालिकालाई न्यानो कपडा अन्र्तगत ट्याक सुट, स्वीटर, फाइबर सिरक र शैक्षिक समाग्री विभिन्न संघ सस्था तथा ब्यक्तिको सहयोगमा वितरण गरिएको हो ।
सो कार्यमा दर्शन ठकुरी समाज कुबेत र नेपाली रक्तदाता संघ कुबेतका अध्यक्ष रुपेन हमाल, नेपाल ब्युटिसिएन संघकी जिल्ला समयोजक मञ्जु खत्रि, दंगा नियन्त्रण प्रहरी गण किर्तिपुर सहित स्थानिय पालिकाहरुको सहयोगमा सचेतना मुलक तथा रक्तदान कार्यक्रमका साथै न्यानो कपडा तथा शैक्षिक समाग्री समेत वितरण गरिएको मञ्चका जिल्ला सचिव रामु् भुषालले जानकारी दिनुभएको छ । मञ्चका सह सचिव अमरनरायन चौधरीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव रामु भुषालले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.