Jilla Ban Notis

बुटवल–८, रामनगरको जनता माविमाआगामी शैक्षिक सत्रबाट अंग्रेजी माध्यममा पठन पाठन हुने।

जनता माविको ४७ औं वार्षिकोत्सव

0 61

बुटवल, पुस ३

बुटवल–८, रामनगर स्थित जनता माविको ४७ औं वार्षिकोत्सव बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले प्राविधिक र व्यवहारिक शिक्षा दिन विद्यालयलाई आग्रह गर्दै सामुदायिक
विद्यालयको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले परिवर्तित सन्दर्भमा गौतमबुद्धले प्रतिपादन गरेको नैतिक शिक्षालाई पनि विद्यालयहरुले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
अर्का प्रदेश सांसद थानकुमारी थापाले विद्यालयको विकासका लागि व्यवस्थापन समितिसँगै स्थानीय समुदाय, शिक्षक, अभिभावक जिम्मेवार रहनुपर्ने बताउनुभयो । विशिष्ट अतिथि युवराज गिरीले सामुदायिक विद्यालयको विकास गर्दै शैक्षिक गुणस्तर बढाउने दायित्व सबैको रहेको उल्लेख गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दीकेशर ढकालले आगामी शैक्षिक सत्रबाट नर्सरीदेखि युकेजी, कक्षा १, ६, ८ र ९ मा अंग्रेजी माध्यमबाट समेत पठनपाठन
सुरु गर्नेगरी तयारी भैरहेको जानकारी दिनुभयो । उहाँले शैक्षिक गुणस्तर बढाउन विद्यालयले सरोकारवालासँग छलफल गरेर दिवा खाजाको व्यवस्था समेत मिलाउने बताउनुभयो । कार्यक्रममा प्रअ आशा बस्नेत थापाले वार्षिक प्रतिवेदन पेश गर्दै ७८ लाख ७८ हजार ७४४ को वार्षिक आयव्याय पेश गर्नुभएको थियो । कार्यक्रममा वडाध्यक्ष भीमबहादुर श्रेष्ठ, पूर्व व्यवस्थापन समिति अध्यक्ष माया गौतम, उजिरसिंह माविका प्रअ पदमराज ज्ञवाली, भगवती ज्ञवाली, जानकी ज्ञवालीलगायतले बोल्नुभएको थियो । विद्यालयका अध्यक्ष नन्दीकेशर ढकालको अध्यक्षता, सहायक प्रअ गोपाल विष्टको स्वागत र शिक्षक रामप्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम भएको हो ।

Leave A Reply

Your email address will not be published.