Jilla Ban Notis

बुटवल बहुमुखि क्याम्पसको आंशिक प्राध्यापक संघ नेपाल, एकाई समितिआन्दोलमा ।

0 68

रमेश भुसाल

साउन २५

आंशिक प्राध्यापक संघ नेपाल, एकाई समिति बुटवल बहुमुखि क्याम्पस आन्दोलमा होमिएको छ । आफ्ना एक सुत्रिय माग राख्दै आन्दोलका कार्यक्रम गरेको संघले आज वुटवल वहुमुखि क्याम्पसमा ज्ञापन पत्र सहित क्याम्पस प्रमुखको कार्यकक्षामा तालावन्धी गरेको र २ घण्टा धर्ना दिएको छ भने भोलि क्याम्पसको लेखा शाखामा तालावन्धी गर्ने कार्यक्रम रहेको आंशिक प्राध्यापक संघ नेपाल, इकाई समिति वुटवल वहुमुखि क्याम्पसका सचिव कृष्ण प्रसाद अधिकारीले बताए ।

त्रिभुवन विश्वविद्यालयको आंगिक क्यम्पस, वुटवल बहुमुखि क्याम्पसमा २०६३ साल देखि कार्यरत आंशिक प्राध्यापकले पेशागत स्थायीत्वका लागी एक सुत्रिय माग (करार गरिनु पर्ने) राखि पटक पटक आन्दोल वार्ता र समति गर्दै आएको र आन्दोलनलाई अझै सशक्त बनाउनको लागी यहि साउन २३ गते आंशिक प्रध्यापक संघ मोफसल समनवय समितिको पुर्ण बैठकले गरेको निर्णय अनुसारका आन्दोलका कार्यक्रमहरुलाई अगाडि बढाएको आंशिक प्राध्यापक संघ नेपाल, इकाई समिति वुटवल वहुमुखि क्याम्पसका अध्यक्ष मानध्वज गिरिले बताए । राज्यले अहिले गुणस्तरीय , व्यावहारिक , प्रविधिमैत्रि शिक्षामा जोड दिएको भएतापनि यसका लागी भौतिक व्यवस्थापनले सम्भव नभएको र पुर्णकालिन जनशक्तिको व्यवस्थापनले मात्र उद्देश्य पुरा हुने आंशिक प्रध्यापकहरुको भनाई छ ।

विगत १४ बर्षदेखि हप्ताको ५० ओटा कक्षा लिएका आंशिक प्रध्यापकहरुले आफ्नो जिवनको सम्पुर्ण उर्जाशिल समय त्रिविलाई समर्पण गरेको भन्दै त्रिविले ७० प्रतिशत कक्षाभार आंशिक प्रध्यापकहरुमा थुर्पानु र आंशिक प्रध्यापकहरुकै माग लाई वेवस्था गर्नु दुखद रहेको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.