Jilla Ban Notis

बिभिन्न चाडपर्वहरु यस बर्षबाट शैक्षिक पाठयक्रममा राखिने सुनवल नगर उपप्रमुख अर्यालको भनाइ

0 20

उर्मिला यादव

सुनवल ,माघ १
थारुहरुको महान चाड माघी पर्वको अवसरमा सुनवल नगरपालिका वडा नम्बर ९ स्वाठीमा चौथौ खिचडी महोत्सव एक कार्यक्रमका बिच मंगलबार सम्पन्न भएको छ । चौथौ माघी महोत्सव समितीका संयोजक रामनारायण चौधरीको अध्यक्षता तथा सुनवल नगरपालिका उपप्रमुख दधिराम अर्यालको प्रमुख आथित्यतामा चौथौ खिचडी महोत्सव सम्पन्न भएको हो ।  चौथौ खिचडी महोत्सव २०७६ को प्रमुख अतिथी सुनवल नगर उपप्रमुख दधिराम अर्यालले मेलाको उदघाटन गर्दैै पश्चिम नवलपरासीको सुनवल नगरपालिका बिभिन्न जातजातिले भरिएको , बहुभाषिक, बहुजातिक, बहु सास्कृतिक भेषभुषा भएको समुदाय भएकोले यहा माघी पर्व धुमधामका साथ मनाइरहेकोले सम्पुर्णलाइ माघी पर्वको अवसरमा शुभकामना ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै उपप्रमुख अर्यालले सुनवल नगरपालिका भित्र रहेका हरेक जातजातिको चाडपर्वहरु मनाउनुपर्छ भन्ने उदेश्यलले नगरपालिकाले बजेट समेत बिनियोजन गर्दै आएको थियो तर यस्तो गर्दा पनि संस्कृतिहरुलाइ जर्गेना गर्न सकिदैन कि भन्ने अभिप्रायले यस बर्षबाट शैक्षिक पाठयक्रममा पनि चाडपर्वहरुका बारेमा राखिएको जानकारी गराउनु भएको थियो । यस्तै गरी नगरपालिकाले स्थानिय पाठयक्रमको तयारी गरीरहेको जानकारी दिदै नगरपालिका भित्र रहेका ३५ वटा सामुदायिक बिद्यालयहरु १९ वटा निजी बिद्यालयहमा स्थानिय पाठयक्रम राख्ने तयारी गरेको जानकारी दिनु भएको छ । यस्तै गरी उहाले नगरभित्र रहेको बिभिन्न सामुदायका पर्वहरुलाइ सम्बन्धित क्षेत्रका समुदायले आफनो चाडपर्वलाइ लेखको रुपमा राख्नुपर्नेमा जोड दिनु भएको थियो ।

महोत्सवमा थारु कल्याणकारी सभा सल्लाहकार दिप नारायण थारुको स्वागत मन्तब्य रहेको कार्यक्रममा सुनवल नगरपालिका वडा नम्ब २ का वडाध्यक्ष राजेन्द्र यादव,९ का वडाध्यक्ष कन्हैया थारु , सुनवल नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठ , स्थानिय,सरोकारवाला ब्यक्तित्व लगायतको सहभागिता रहेको थियो । यस्तै गरी महोत्सवमा थारु गायक सरगम चौधरी , दिपेन्सु चौधरी , उमा चौधरी, साथै स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहेको थियो भने बिभिन्न डान्स गु्रपहरुको पनि सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.