Jilla Ban Notis

बिपन्न परिवार तथा जेष्ठ नागरिकहरुलाई आयुर्वेद औषधी बितरण

0 35

सहबान अन्सारी
प्रतापपुर,मंसीर ११
नवलपरासीको प्रतापपुर गाउपालिका वडा नं ६ गुठी परसौनीमा विपन्न बालबालिका तथा जेष्ठ नागरिकहरुको दिर्घायु योजना कार्यक्रम अन्तर्गत आयुर्वेद औषधी बितरण कार्यक्रम  शुरु भएको छ । गुठी परसौनी आयुर्वेद औषधालयको आयोजना तथा प्रतापपुर गाऊपालिकाको सहयोगमा उक्त कार्यक्रम शुरु गरिएको हो । कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष रामहरि उपाध्यायको अध्यक्षता तथा प्रतापपुर गाँऊपालिका अध्यक्ष राजकुमार शर्माको प्रमुख अथित्यता रहेको थियो।  कार्यक्रममा बोल्दै प्रमुख अथिति शर्माले दक्षिणी भेगका मानिसहरुमा अहिले पनि शिक्षा र जनचेतनाको कमी रहेको हुदाँ समस्या भोग्न परेको बताऊनु भयो । साथै आयुर्वेद औषधी बाट कुनै साईड ईफेक्ट नहुने अवस्थामा सम्पुर्ण समुदायका मानिसहरुलाई आयुर्वेद औषधी उपयोग गर्न आग्रह समेत गर्नु भएको थियो । आयुर्वेद औषधालयका प्रमुख दिनबन्धु मिश्राले हाम्रो समाजमा जनचेतनाको कमिको कारण यहाँका मानिसहरुमा बाथ रोग, पेट पोग र मधुमेह जस्ता समस्या रहेको हुदाँ यसलाई नियन्त्रण गर्नको लागी आफुले बिभिन्न किसीमको जनचेतना तथा शिविर आयोजना गर्न जरुरी रहेको बताऊनु भयो । करिब ३ बर्ष देखी गाँऊपालिका स्तरिय सेवा प्रदान गरिदै आएको औषधालय केन्द्रले यस किसीमको समस्या सामाधान गर्न जनाएको छ । कार्यक्रममा ५ बर्ष मुनिका बालबालिकाहरु तथा ६० बर्ष भन्दा बढी उमेर भएका जेष्ठ नागरिकहरुलाई च्यवनप्रास,प्राक्षासव, शिलाजित,मृगगदा सेव,कस्तुरी भुषण, अरविन्द सव, सितौपलारी चुर्ण र अस्वगन्धा चुर्ण बितरण गरिएको थियो । मंगलवार देखी बुधवार सम्म संचालन रहने शिविरबाट करिब १ हजार मानिसहरुलाई आयुर्वेद औषधी बितरण गर्ने प्रमुख मिश्राले जानकारी दिनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.