Jilla Ban Notis

बालबालिकाको अधिकार सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध छ ः नगरप्रमुख गुप्ता

0 51

गौरी शंकर जयसवाल
परासी, १७ माघ
रामग्राम नगरपालिका स्तरीय बाल क्लब सञ्जालमा नयाँ नेतृत्व चयन भएको छ । नगरका १८ वटै वडाबाट आएका बाल क्लवका प्रतिनिधिहरुको आज परासीमा भएको नगर भेलाले नगर स्तरीय बाल क्लव सञ्जालको पुनःगठन गरेको हो ।
भेलाले गोमा अग्रहरीको अध्यक्षतामा १८ सदस्यीय नगर बाल सञ्जाल गठन गरेको रामग्राम नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख नगेन्द्र यादवले जानकारी दिए । नवगठित सञ्जालको उपाध्यक्षमा सुमित चौधरी, सचिवमा पुजा यादव, सहसचिवमा अभय शर्मा र कोषाध्यक्षमा अञ्जली क्षेत्री चयन भएका छन ।
रामग्राम नगरपालिकामा यसअघि सबै वडामा वडा स्तरीय बाल क्लव सञ्जाल गठन भईसकेको छ । बाल सञ्जालका निवर्तमान अध्यक्ष सिद्धान्त पाठकको अध्यक्षता तथा नगर प्रमुख नरेन्द्र गुप्ताको प्रमुख आतिथ्यमा भेला भएको थियो ।
उक्त अवसरमा बोल्दै नगर प्रमुख गुप्ताले नगर भित्रका बालबालिकको अधिकार सुनिश्चित गर्न नगरपालिका प्रतिवद्ध रहेको बताए। उनले रामग्रामलाई बालमैत्री नगर बनाउने अभियानमा सहयोग गर्न पनि आग्रह गरेका थिए । रामग्राम नगरपालिकालाई यही चैत भित्र बालमैत्री नगर घोषणा गर्ने तयारी गरिएको छ ।
बालमैत्री नगर घोषणाका लागि आवश्यक सूचकहरु करिब पूरा भएको बालमैत्री फोकल पर्सन नगेन्द्र जानकारी दिए । उनको अनुसार अब नगरका बालबालिकाको स्थितिपत्र प्रोफाईल बनाउने, घरदैलो गर्ने र अनुगमनको कार्य बाँकी छ । प्रोफाईल निर्माण तिब्र रूपमा भईरहेको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.