Jilla Ban Notis

बाबा–आमाको स्मृतिमा चिसापानी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्त्रण ।

0 181

कृष्ण ढकाल
बर्दघाट,असोज–३
आफ्ना बाबा–आमाको स्मृतिमा बर्दघाट–४ बाढीपिडितका समाजसेवीयुवा नवराज उपाध्यायले चिसापानी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गर्नु भएको छ । ब्यवसायिक सिलशिलामा काठकाण्डौ बस्दै आउनु उपाध्यायका बाबा–आमाको विगत २ बर्ष अघि बर्दघाट –४ स्थित आफ्नै घरमा उपचारकै क्रममा कोरोना संक्रमणका कारणले मृत्यु भएको थियो ।

आफ्ना बाबा–आमाको जस्तो कारणले कोहिकसैका बाबा–आमाको मृत्यु हुन नपरोस भन्ने सोंचले बाबा–आमाको स्रोह्श्राद्धको तिथि पारेर बाबा–आमाकै स्मृतिमा उक्त स्वास्थ्य सामाग्री चिसापानी अस्पताललाई हस्तान्त्रण गरेको समाजसेवीयुवा नवराज उपाध्यायले बताउनु भएको छ ।

उपाध्यायले १ पिस अक्सिजन कन्सन्ट्रेटर ,४ पिस अक्सिमिटर, ५ पिस माइक्रो लाइफ को थर्मोमिटर, ६ पिस फेस सिल्ड सहित कुरुवाहरुका लागि प्रयोग हुने २ पिस वेटिङ चेयर्स र ३ पिस फ्यान हस्तान्तरण गर्नु भएको थियो ।

सामान हस्तान्तरण गर्दै नवराज उपाध्याय

चिसापानी अस्पताल विकास समितिका अध्यक्ष एवं बर्दघाट नगरपालिकाका नगर प्रमुख सम्भुलाल श्रेष्ठ र नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायलाई संयुक्त रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गर्नु भएको थियो । त्यसैगरी ८० बर्ष भन्दा बढीउमेर समुहका अस्पतालमा उपचारका लागि आउने जेष्ठ नागरीकलाई निःशुल्क दिन लागि का लागि ७ सय पिस थ्रीप्लाइ मास्कहरु समेत हस्तान्तरण गर्नुभएको उपाध्यायका सहकर्मी धर्मराज सापकोटाले जानकारी दिनु भएको छ । उहांका अनुसार स्रोह्श्राद्धको समयअधिभर मात्र जेष्ठ नागरीकलाई निःशुल्क थ्रीप्लाइ मास्क उपलब्ध गराउन सहयोग गरीएको छ ।

चिसापानी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गर्ने कार्यक्रममा वडा नम्वर २का वडाध्यक्ष गणेश बहादुर क्षेत्री,वडा नम्वर ४ का वडा सदस्य जनक बहादुर रावत लगाएतको उपस्थिती रहेको थियो ।

भर्सटाईल म्यानेजम्यन सोलुसन नामक कम्पनिका सि.ओ. समेत रहनु भएका नवराज उपाध्यायले लेखापरिक्षण र कम्पनि दार्ता तथा नविकरण जस्ताकार्य गर्दै आउनु भएको छ ।

 

Leave A Reply

Your email address will not be published.