Jilla Ban Notis

बाख्रा पालन तालीम सम्पन्न ।

0 124

कृष्ण ढकाल
बर्दघाट,साउन–२४
असल छिमेकी नेपालको आयोजनामा सरावलमा तीन दिने बाख्रा पालन सम्बन्धि तालीम सम्पन्न् भएको छ । तालीमको समापन गर्दै सरावल गाउपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सुखाडी चौधरीले असल छिमिकीले प्रदान गरेको तालीमले अब सहभागिहरु परम्परागत शैलीलाई परिमार्जन गर्दै अब नयां सिरावाट अघिबढ्न सहयोग पुग्नेमा आफु विश्वस्त रहेको बताउनु भएको थियो ।


असल छिमेकी नेपालका एरिया ईन्चार्ज पुरन सोतीको अध्यक्षतामा भएको कार्यक्रममा गाउपालिका उपाध्यक्ष वासमती हरिजन वडा नम्वर ६ का छोटेलाल गुप्ता लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

सरावल ६ नौकट्टी मा संचालन भएको उक्त तालीममा नौकट्टी समुहका २२जना महिला दिदिबहिनीहरुको सहभागिता रहेको थियो । तीन दिन सम्म संचालन भएको उक्त तालीमको सहजीकरण सरावल गाँपालिकाका पशुशाखा प्रमुख श्रीराम अर्यालले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.