Jilla Ban Notis

बर्दघाट–२,चिसापानीको ब्लकनं. ३ मा अन्तरवडा जिल्लास्तरीय भलिवल प्रतियोगिता हुने।

0 25

माधब प्रसाद घिमिरे
बर्दघाट,पुष–१४
शान्ति ज्योती टोल सुधार समिति तथा शान्ति ज्योती विकास प्रतिष्ठान बर्दघाट–२,चिसापानीको संयुक्त आयोजनामा यहि पौष २७ गते देखि माघ–१ गते सम्म अन्तरवडा जिल्ला स्तरीय भलिवल प्रतियोगिता तथा युवा नेतृत्व सम्मान कार्यक्रम हुने भएको छ ।

शान्ति ज्योती टोल सुधार समिति र शान्ति ज्योती विकास प्रतिष्ठान को आज सबेको संयुक्त बैठकले उक्त कार्यक्रम गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष गणेश नेपालीले जानकारी दिनु भएको छ ।
अध्यक्ष नेपालीका अनुसार भलिवल प्रतियोगितामा प्रर्थम हुने टिमले ले ५० हजार नगर,कप ,मेडल र प्रमाणपत्र प्रप्त गर्नेछन भने द्धितिय हुने टिमले २५ हजार नगर,कप ,मेडल र प्रमाणपत्र तथा तृतिय हुनेले १५ हजार नगर,कप ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

बर्दघाट–२,चिसापानीको ब्लक नं. ३ को खानेपानी टंकी भएको स्थानमा संचालन गर्न लागिएको अन्तरवडा जिल्ला स्तरीय भलिवल प्रतियोगितामा करिव २ लाख खर्च हुने अनुमान आयोजकले लिएको छ।

Leave A Reply

Your email address will not be published.