Jilla Ban Notis

बर्दघाट –१४ पवित्र वस्तीमा क्षमता विकासका लागि उद्घोषण तालीम सम्पन्न् ।

0 23

कृष्ण ढकाल
बर्दघाट,माघ–११

महिलाहरु आफुले आफैलाई कम्जोर ठानेकै कारण कुनै पनि नेतृत्व गर्न नसकेको बर्दघाट नगरपालिकाकी उप प्रमुख माया देवि पौडेलले बताउनु भएको छ । उहांले आफुले आफुलाई कम्जोर नठानी हिम्मत गरेर अघिबढे समाजका कुनै पनि संघ संस्थाहरुको सफल नेतृत्व गर्न सक्ने क्षमता महिलाहरुमा रहने बताउनु भएको छ । बर्दघाट –१४ मा रहेको पवित्र आमा समुहद्धारा आयोजीत क्षमता विकासका लागि उद्घोषण तालीमको समापन कार्यक्रमलाई सम्वोधन गर्दै उप प्रमुख पौडेलले उक्त कुरा बताउनु भएको हो । उहांले महिलाहरु घरको काममा मात्र सिमित नभै समाज र आफ्नो परिवर्तनका लागि समुहगत रुपमा अघि बढ्न जरुरी रहेको बताउदै त्यसका लागि उद्घोषण तालीम निक्कै प्रभावकारी भएको बताउनु भयो ।
पवित्रवस्ती आमा समुहकी अध्यक्ष हुमा देवि पाडेमगरको अध्यक्षता र बर्दघाट नगरपालिकाकी उप प्रमुख माया देवि पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा र्दघाट नगरपालिका वडा नं.१४ का वडासदस्य सूर्य बहादुर थापा,समाज सेवी तथा गंगामावि ब्यवस्थापन समितिका अध्यक्ष सोभाखर भुषाल,पवित्र आधारभूत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा समाज सेवी भिम बहादुर थापा,नव जागृती सामाजिक विकास प्रतिष्ठानका अध्यक्ष चित्र बहादुर गुरुङ्ग, महिला समाज सेवी तथा पवित्र आधारभुत विद्यालयकी साहायक प्रध्यानाध्यापक बिमला भुषाल,शिवालय मन्दिर निमार्ण समितीका अध्यक्ष तोयानाथ भण्डारी लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले उद्घोषण तालीम आफुहरुले सोंचेभन्दा निक्कै प्रभावकारी भएको भन्दै प्रसंशा गरेका थिए । कार्यक्रममा तालीममा सहभागिका तर्फवाट एलिसा गुरुङ्ग,अनिता काफ्ले,सुजना वि.क.,भिम कला गुरुङ्ग मेनुका श्रेष्ठ र शेर बहादुर पाडेमगर ले आ–आफ्ना अनुभवहरु राख्नु भएको थियो । पवित्रवस्ती आमा समुहकी सदसय दिल माया गुरुङ्गको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको संचालन दिनु काफ्लेले गर्नु भएको थियो ।
माघ ५ गतेवाट शुरु भएको उक्त तालीम शनिवार अर्थात ११ गते सम्म संचालनमा रहेको थियो । ३७ जना महिला तथा पुरुषहरुको सहभागिता रहेको उक्त तालीमको सहजीकरण गाउंले दर्पण अनलाईन कार्यकारी निर्देशक पत्रकार कृष्ण ढकालले सहजीकरण गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.