Jilla Ban Notis

बर्दघाट १४ धर्मबस्तीमा माघे सकं्रान्ति दोस्रो मगर सांस्कृती महोत्सव शुरु ।

0 30

बर्दघाट,माघ–१
माघे सकं्रान्ति दोस्रो मगर सांस्कृती महोत्सव २०७६ बुधबार एक कार्यक्रमका बीच बर्दघाट १४ धर्मबस्तीमा समुद्घाटन भएको छ । महोत्सव मुल समितिका समयोजक रितमान कामुको अध्यक्षता तथा प्रदेश नम्बर ५ का सभामुख पुर्ण बहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम समुदघाटन भएको हो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सविंधान सभा सदस्य सिता बौडेल, बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल लगाएत जनप्रतिनिधि, राजनिितक दलका प्रतिनिधि, विभिन्न संघ सस्थाका प्रमुख वा प्रतिनिधि, जातिय संगटनका प्रतिनिधि लगाएतको उपथिती रहेको थियो । कार्यक्रममा कार्यक्रमको उदेश्यमाथि कार्यक्रमका निर्देशक सन्तु गाहाले प्रकाश पार्नुभएको थियो । सो कार्यक्रममा मगर समुदायको झाकिँ सहित कार्यक्रम स्थलको परिक्रमा गर्दै कार्यक्रम समुद्घाटन भएको हो भने उक्त महोत्सवमा मगरहरुको लोप हुन लागेका साकृतीक, पुरातात्वीक, एैतिहासिक सम्पदाको प्रदशर्नी हुनुका साथै मगर सास्कृतीक गित तथा नृत्य, मगर जातजातिका खानाका परिकारहरुको प्रदर्शनी लगाएत कौडा, मारुनी सोरठी लागएतका नृत्यहरु प्रदर्शन हुने र यस महोत्सव माघ ३ गते सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । उक्त कार्यक्रममा मगर संघका प्रदेश सचिवालय सदस्य तेजेन्द्र बुचा मगरको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन आदिवाी जनजाति पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष श्याम बुचा मगर र समाजसेवी प्रेम कामुले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.