Jilla Ban Notis

बर्दघाट -१४ गङ्गाबस्तिमा घरमा आगलागी हुदा घर जलेर नस्ट ।

0 107
मुक्ती तिवारी
बर्दघाट,माघ–१०
बर्दघाट नगरपालिका वडा नम्बर १४गङ्गाबस्तिमा मा विहिवार आगलागि हुदा एक घर पुर्णरुपमा जलेको छ।आगलागी बाट भगवती न्यौपानेको घर जलेर नस्ट भएको हो। घरमा बिहानै अचानक आगोलागेपछी नगद र जिन्सी सहित गरि डेडलाख बढिको क्षति भएको इलाका प्रहरी कार्यालय सेमरीले जनाएको छ। स्थानियका अनुसार आगलागी पश्चात् घरमा रहेको खाधान्न,अन्नपात,लत्ताकपडा,भाडाकुडा लगायतका सबै सामाग्रीहरु पुर्ण रुपमा जलेको छ।
पिडित लाई तत्कालका लागि रहात स्वरुप रु दस हजार नगद उपलब्ध गराईएको वडाध्यक्ष केशव बहादुर खत्रिले जानकारी दिनु भयो।न्यून आर्थिक अवस्था भएका कारण पिडितको सहयोगार्थ रेडक्रस लगायतका विभिन्न संघ सस्था र सहयोगी मनहरुलाई अपिल गरिएको अध्यक्ष खत्री र स्थानिय महिला नेतृ कमला पराजुली तिवारी ले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.