Jilla Ban Notis

बर्दघाट १२ मा कोभिड १९ बाट प्रभावितलाई राहत समाग्री प्रदान ।

0 18

रामु भुसाल
बर्दघाट,पौष–१६
नवलपरासीको बर्दघाट १२ भटवलिया अवस्थित जहदा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रद्धारा सञ्चालित ट्याग परियोजनाको आयोजना र रिड नेपाल काठमाण्डौ तथा बर्दघाट नगरपालिकाको सहयोगमा कोभिड १९ बाट प्रभावितलाई राहत समाग्री प्रदान गरिएको छ ।
पुस्तकालयका अध्यक्ष सुरज केसीको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यता र उपप्रमुख माया देवी पौडेलको विशिष्ट आतिथयतामा बर्दघाट १२ र १३ नम्बर वडाका अति विपन्न तथा कोरोना प्रभावित २५ घर परिवारलाई न्यानो कपडा सहित खाद्यान्न वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्यालले विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरसले गर्दा गरिब तथा विपन्न वर्गहरु दैनिक ज्यालादारी गरि खानेहरुलाई बढी प्रभाव पारेको र सो प्रभावित घर परिवारलाई राहत समाग्री वितरण गरिएकोमा पुस्तकालयलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

बस्यालले कोरोनाको कहर अझैसम्म कायमै रहेकाले सबैले सावधानी अपनाउन समेत आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि पौडेलले कोरोनाका कारण नगरबसीमा पर्न गएको असरलाई मध्यनजर गर्दै सो को नियन्त्रणका लागी बर्दघाट नगरपालिकाले चासो लिएको बताउदै प्रभावित घर परिवारलाई रोजगार संग जोेड्न र सिप तालिमको पहुचमा ल्याउन प्रयास गरिरहेको बताउनुभयो ।
सो अवसरमा वडा नम्बर १२ का वडाध्यक्ष मान बहादुर मल्ल, पुस्तकालय सञ्चालक समिति सदस्य प्रदिप कुमार थारु, नित्यानन्द रत्नकुमारी मावीका पुर्व प्रअ ईन्द्र कमल तिवारी, समाजसेवी, ब्रिज देव पाण्डे लगाएतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा पूस्तकालयका अध्यक्ष सुरज केसीले सहयोग गर्नुहुने सबैमा धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गर्नुभएको थियो ।
उक्त अवसरमा प्रभावित परिवारलाई प्रति परिवार एक थान ब्लांकेट, ५ केजी आटा, १ केजी दाल, १ पोका खाने तेल, १ पोका सोयाबिन, ४ थान नुहाउने साबुन वितरण गरिएको पुस्तकालयद्धारा सञ्चालित ट्याग परियोजनाकी सहजकर्ता लक्ष्मी धितांगले जानकारी दिनुभएको छ । पुस्तकालयका उपाध्यक्ष जित बहादुर कोहारको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सचिव गोपाल सिंह आलेले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.