Jilla Ban Notis

बर्दघाट १० स्थित बाउन्न घोला सिमसार क्षेत्रमा माछाका भुरा छोडियो,

0 23

रामु भुषाल

बर्दघाट,मंसीर–११

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर १० मा अवस्थित बाउन्न घोला सिमसार क्षेत्रमा पर्यावरणिय स्वच्छता कायम राख्ने उदेश्यका साथ बुधबार एक कार्यक्रमको आयोजना गरि माछाका भुरा छोड्ने कार्य सम्पन्न भएको छ । बर्दघाट नगरपालिकाका कार्यकारी प्रशासकिय अधिकृत मेघनाथ पाध्याय, बर्दघाट वडा नम्बर ९ का वडाध्क्ष चन्द्रकान्त चापागाई, १० का वडाध्यक्ष राजु मिश्र र ८ का वडाध्य कविराज आचार्य लागर्एतको उपस्थितीमा २० हजार माछाका भुरा छोडिएको छ । सो अवसरमा सिमसार क्षेत्र सरक्षण समितिका पदाधिकारीहरु, पत्रकार, बर्दघाट कृषी प्राविधिक, पशु प्राविधिक लागएतको सहभागिता रहेको थियो । बर्दघाट नगरपालिकाको १ लाखको आर्थिक सहयोगमा सिमसार क्षेत्रमा पर्यावरणिय स्वच्छता कायम राख्ने उदेश्यले हाल सो २० हजार माछाका भुरा छोडिएको र केही महिना पछी थप १० हजार माछाको भुरा छोड्ने तयारी रहेको सिमसार क्षेत्र सक्षरण समितिक अध्यक्ष कुलदिप श्रेष्ठले बताउनुभयो । बर्दघाट नगरपालिकाको पञ्चनगर देखी उत्तरपट्टी रहेको सो सिमसार क्षेत्र करिब १५ हेक्टर क्षेत्रफलमा फैलिएको र सो बर्दद्धाट नगरको गौरवका योजनामा रहेको र सो सिमसारको डिपियार तयार गरि कार्य अगाडी बढीरहेको बर्दघाट नगर उपप्रमुख माया देवी पौडेलले बताउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.