Jilla Ban Notis

बर्दघाट साहित्य समाजको चौथो शृङ्खला सम्पन्न।

0 60

कृष्ण ढकाल

बर्दघाट,जेष्ठ–१९
बर्दघाट साहित्य समाजको बाल प्रतिभा प्रस्फुटन कार्यक्रम अन्तर्गत चौथो शृङ्खला सम्पन्न भएको छ । बर्दघाट–१ को मोतीबस्तीमा रहेको बाल्मिकि मा.वि।मा शुक्रवार कविता प्रतियोगिता सम्पन्न भएको हो।
समाजका अध्यक्ष हुमनाथ आचार्यको अध्यक्षता र बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा.घनश्याम न्यौपाने परिश्रमीको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न भएको थियो ।

१९ जना प्रतियोगिती सहभागि रहेको प्रतियोगितामा प्रथम हुनेले १ हजार,द्धितिय हुनेले ७ सय ५० र तृतिय हुनेले ५ सय नगद प्रप्तगर्न सफल भएको समाजका अध्यक्ष हुमानाथ आर्चायले बताउनु् भएको छ ।

प्रतियोगिताको निर्णायकमा प्रतिज्ञा अर्याल,कृष्णप्रसाद आचार्य र कल्पना पौडेल रहनु भएको थियो भने पुरस्कार सौजन्य मेगा बैंकले गरेको थियो । प्रेमलाल सापकोटाको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा जीवलाल पराजुली ,शक्ति पौडेल ,जीवलाल पराजुली लगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.