Jilla Ban Notis

बर्दघाट वडा नं. १२ र १३ का युवाहरुको सक्रियतामा ४सय ५० बोल सोफि बरामत ।

0 13

कृष्ण ढकाल
बर्दघाट, बैशाख ६
बर्दघाट नगरपालिका वडा नं.१२ र १३ का स्थानीय युवाहरुको सक्रियता आज ४सय ५० बोल सोफि(मदिरा) बरामत भएको छ । नेपालवाट भारत तर्फ साईकलमा लादैगरेको अवस्थामा वरामत गरीएको स्थानिय समाज सेवी युवा देवेन्द्र पोख्रेल सुजितले गाउंले दर्पण अनलाईनलाई जानकारी दिनु भएको छ । उनीहरुवाट नियन्त्रणमा लिईएको सोफि(मदिरा) बजार मुल्य अनुसार २२ हजार ५ सय मुल्य वरावरको रहेको पोखेलले बताउनु भयो । बर्दघाट २ चिसापानीबाट भारत लैजानका लागि भनेर बोरामा राखेर साईकलमा लोडगरी लादैगरेका ३ जना युवाहरुलाई वडा न ं.१२ र १३ को सिमानामा पर्ने लेवडा र धनेवामा पुगेर नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बर्दघाटको जिम्मा लगाउने कार्य भएको स्थानिय समाज सेवी युवा सुरज पाण्डेले जानकारी दिनु भएको छ । कोरोना भाईरसको संक्रमणवाट बच्नका लागि गरीएको लक डाउनलाई प्रभावकारी बनाउनका लागि बर्दघाट नगरपालिका भित्र प्रवेश गर्न  सिमानाकाहरुमा वन्देज गर्ने अभियान अन्र्तगत शुरुभएको स्थानिय युवाहरुको निगरानी अभियानका कारण त्यसक्षेत्रमा अहिले चोरी तस्करी हरु

आफ्नो निगरानीमा पर्न थालेको निगरानी अभियानका युवाहरुले बताएका छन् । उनीहरुले लकडाउनको समयमा अनावश्यक हिडडुल गर्ने ब्यीक्त तथा सवारी चालक एवं अपरिचित व्यक्तिहरुको समुहलाई े विशेष निगरानी गरेका छन । नगरपालिकाले तोकेको समयमा दुरि कायम गरि खाद्यान्न बिक्रिवितरण गर्र्न व्यावसायी तथा उपभोक्ताहरु लाई सचेत गर्दै समेत हिडेका छन ।

Leave A Reply

Your email address will not be published.