Jilla Ban Notis

बर्दघाट वडा नं. १२ का किसानहरुलाई हाते टेक्टर र रोटाभेटर हस्तान्त्रण ।

0 63

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१९
बर्दघाट नगरपालिका वडा नम्वर १२ ले ५ वटा टोल विकास समितिहरुलाई हाते टेक्टर वितरण गरेको छ । वडाले आफ्नो वार्षीक कार्ययोजना अनुसार आफ्नो वडाका ८ वटा टोल विकास समितिहरु मध्ये यस वर्ष ५ वटा टोल विकास समितिलाई हाते टेक्टर वितरण गरेको बर्दघाट नगरपालिका वडा नम्वर १२ का वडाध्यक्ष मान बहादुर मल्लले बताउनु भएको छ ।
त्यसैगरी आगामि वर्ष वांकी ३ वटा टोल विकास संस्थाहरुलाई हाते टेक्टर वितरण गर्ने योजना रहेको मल्लले बताउनु भयो ।
४५ हजार मुल्य पर्ने हाते टेक्टर वितरण गरेसंगै अबका दिनमा वडाका हरेक किसानहरुले आफ्नो खेतवारी जोत्न सहज हुने र कृषि उत्पादन वृद्धि हुनेमा आफु विश्वस्त रहेको अध्यक्ष मल्लले बताउनु भयो ।

त्यसैगरी सोही अवसरमा बर्दघाट नगरपालिकाले बर्दघाट नगरपालिका वडा नम्वर १२ ,बरगदहीका फलील देवानलाई एक थान रोटाभेटर हस्तानत्रण गरीएको वडाध्यक्ष मल्ले बताउनु भयो । बर्दघाट नगरले वडा नम्वर १२ का किसानहरुलाई कृषिकर्म गर्न सहजता प्रदान होस भन्ने हेतुले उक्त एक थान रोटाभेटर हस्तानत्रण गरीएको हो।
नगर प्रमुख धिरज शर्मा बस्यालले र उप प्रमुख माया देवि पौडेलले संयुक्त रुपमा हिजो हाते टेक्टर र रोटाभेटर हस्तान्त्रण गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.