Jilla Ban Notis

बर्दघाट बजार विकास समिति बर्दघाट ४ पीश्चम नवलपरासीको दसौँ साधारण सभा सम्पन्न तथा छैठौ अधिबेशन जारी,

0 20

रामु भुसाल,
बर्दघाट ,चैत–२४
बर्दघाट बजार विकास समिति बर्दघाट ४ पीश्चम नवलपरासीको दसौँ साधारण सभा तथा छैठौ अधिबेशन मंगलबार बर्दघाटमा सम्पन्न भएको छ । समितिका अध्यक्ष शोभाकान्त कोइराला शिवको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यता एवं वडा नम्बर ४ का वडाध्यक्ष तथा नगर प्रवक्ता रविन्द्र विक्रम हमालको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्यालले बर्दघाट नगरपालिकालाई सफा र स्वच्छ बनाउन दिर्घाकालिन योजनाका साथ ल्याण्ड फिल्डको डिपिआर तयार भई काार्यन्वयनको चरणमा रहेको बताउदै छिट्टै बर्दघाट नगरपालिका सफा र स्वच्त्छ नगरको रुपमा परिचित हुने बताउनुभयो । पर्यावरणिय हिसाबले वभिन्न चरणका कार्य अघि बढाइएको र नगरमा पर्यटन भित्राउन पर्यटकिय गन्तब्यको रुपमा रहेको संसारकोटलाई अझ ब्यवस्थित बनाउदै नगरकै उत्कृष्ट पर्यटन क्षेत्र बनाउन कार्य गरिरहेको बताउनुभयो ।

साथै उहाँले नगरपालिकाका बजार क्षेत्रहरुलाई ब्यवस्थित बनाउदै उपभोक्ता र ब्यवसायीहरुलाई राहत पुग्ने कार्यक्रमहरु नगरले अघि सारिएको बताउनुभयो । सोही अवसरमा बोल्दै नगर प्रवक्ता हमालले विकास भनेको भौतीक सरंचना निर्माण मात्र नभई समाजिक र ब्यक्तित्वमा चेतना ल्याउनु पनि विकास भएको बताउदै आफुले आफ्नो नेतृत्वमा गरेका क्रियाकलाप सबै राम्रा र अरुले गरेका गतिविधि सबै नराम्रा देख्ने ब्यक्तिको प्रबृतिले समाजमा नकारात्मक प्रभाव पर्ने हुदा समाजिक क्षेत्रमा लागेका ब्यक्तित्वहरुले सत्य तथ्य बुझेर मात्र सहीलाई सही र गलत लाई गलत छुट्याई प्रतिकृया दिनुपर्ने बताउनु्भयो ।

कार्यक्रममा नेकपा एमालेका नगर कार्यवाहक अध्यक्ष लक्ष्मी बर्तौला, नेपाली कांग्रेसका बर्दघाट नगरसभापति शम्भुलाल श्रेष्ठ, समितिका सल्लाहकार चुडामणि भण्डारी, पारिजात सामुदायिक वनका सचिव कृष्ण प्रसाद न्यौपाने, पञ्चनगर बजार विकास समितिका अध्यक्ष चन्द्र बहादुर श्रेष्ठ, धौलागिरि टोल विकास सस्थाका अध्यक्ष डिलाराम चालिसे लगाएतले मन्तब्य राख्नुभएको थियो । सो अवसरमा सस्थाको प्रगति प्रतिबेदन र आगामी रणनिति योजनाको प्रतिबेदन सस्थाका अध्यक्ष कोइरालाले प्रस्तुत गर्नुभएको थियो । सस्थाको आर्थिक बर्ष ०७६, ७७ लर ०७७, ७८ को कोष लेखाको प्रतिबेदन समितिका कोषाध्यक्ष ताार प्रसाद गौतमले ३ लाख ४३ हजार ७ सय ३३ रुपिया बराबरको आर्थिक आय ब्यय प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा बर्दघाटका विभिन्न स्थानका स्थानिय कलाकारको सांगितिक प्रस्तुत समेत रहेको थियो भने विगत देखी समितिलाई विशेष योगदान गरेबापत बर्दघाट ४ मर्चाघोला निवासी कमला गोदार र बर्दघाट बजार निवासी राम प्रसाद भण्डारीलाई सम्मान समेत गरिएको थियो । समितिका उपाध्यक्ष सुर्या हितांगको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सचिव विष्णु पराजुलीले गर्नुभएको थियो ।

साथै अधिबेशनले समितिका विभिन्न प्रस्तावहरु उपर छलफल गर्दै समितीको विधान संसोधन सहित पुर्नलेखन विधान पास गर्नुका साथै लेखा प्रतिबेदन र अध्यक्षको प्रतिबेदन पास गरेको छ भने प्रत्येक मंगलबार बन्द हुदै आएको बर्दघाट बजार आगामी बैशााख ४ गते पछी शनिबार बन्द गर्ने निर्णय समेत गरेको समितिका सचिव विष्णु पराजुलीले जानकारी दिनुभएको छ भने आगामी २ बर्षका लागी १३ सदस्यि नया कार्य समितिको चयनका लागी २५ गते सम्मलाई सर्व सहमतिको प्रयास गरिने र सहमति हुन नसके निर्वाचन प्रकृयाबाट नयाँ नेतृत्व चयन गरिने निर्वाचन मण्डलका समयोजक अधिवक्ता राम कृष्ण पौडेलले जानकारी दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.