Jilla Ban Notis

बर्दघाट प्रज्ञा प्रतिष्ठानले शुरु गर्यो मासिक घुम्ती कार्यक्रम

0 165

बर्दघाट,माघ –२८

बर्दघाट प्रज्ञा प्रतिष्ठानले  मासिक घुम्ती कार्यक्रम शुरु गरेको छ । आज बर्दघाट नगरपालिका वडा नम्बर ७ जिमिरेभारमा विभिन्न साहित्यकारहरुको रचना वाचन गरी कार्यक्रम सम्पन्न गरिएको हो ।
बर्दघाट प्रज्ञा प्रतिष्ठान अन्तरगतको भाषा, तथा साहित्य विभागद्धारा साहित्यिक सांगितिक तथा साँस्कृतिक घुम्ति कार्यक्रम सम्पन्न गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा घनश्याम परिश्रमीले साहित्य कला क्षेत्र विचार तथा दर्शनसँग निकट हुने ह्रदयको क्षेत्र हुने भएकाले यसमा स्थिरता कम हुने बताउनुभयो । साहित्यिक गतिविधिहरुमा यस जिल्ला भन्दा पछाडी हुन पुगेको बताउँदै भाषा, साहित्य, कला, संस्कृतिबाट पृथक हुने मानिस पशु समान हुने बताउनुभयो । उहाँले साहित्य समाजको ऐना हुनुका साथै समाज रुपान्तरणको साधन पनि रहेको बताउनुभयो । शब्दहरुको हतियारले समाज रुपान्तरण हुने कुलपति परिश्रमीको भनाई रहेको थियो ।

त्यस्तै प्रज्ञा प्रतिष्ठानका भाषा तथा साहित्य विभागका संयोजक हुमनाथ आचार्यले प्रतिष्ठानले कला, साहित्यलाई परिस्कृत र परिमार्जन गर्दै लैजाने अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा विश्वराज भट्टराई, उत्तमध्वज केसी, विकास गैरे, विक्रम तिमल्सेना, रामहरी अधिकारी, रेमबहादुर राना, प्रदिप भट्टराई, बाबुराम गिरी, दुर्गा भुषाल, तोयानाथ चौधरी, सिताराम थारु, शक्ति पौडेल, इन्द्र कमल तिवारी, चिरञ्जीवी न्यौपानेले आ–आफ्नो रचना वाचन गर्नुभएको थियो ।त्यस्तै शान्ति निकुञ्ज माद्यामिक विद्यालयका विद्यार्थीहरुले साँस्कृतिक नृत्य समेत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर ५ की वडाध्यक्ष विमला गुरुङले सांगेतिक प्रस्तुती समेत प्रस्तुत गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.