Jilla Ban Notis

बर्दघाट प्रज्ञा प्रतिष्ठानको प्रथम प्रज्ञा सभा सम्पन्न्, कुलपतिद्धारा वार्षिक योजना पेश ।

0 99

कृष्ण ढकाल
बर्दघाट,पुष–१७

भौतिक विकास निर्माणले मात्र नगरको समग्र विकास नहुने बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ । आज बर्दघाट प्रज्ञा प्रतिष्ठानको प्रथम प्रज्ञा सभालाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।

नगरको विकासका लागि सबैक्षेत्रको विकास हुन जरुरी रहेको भन्दै बर्दघाट नगरमा स्थापना भएको बर्दघाट प्रज्ञा प्रतिष्ठान मार्फत नगरको कला,संस्कृति,भाषा,साहित्य र संगीत लगाएका क्षेत्रको विकासमा टेवा पुग्नेमा आफु विश्वस्त रहेको बताउनु भएको थियो । त्यसैगरी प्रतिष्ठानको स्थापना भएसंगै अब नगरमा लुकेर रहेका हरेक प्रतिभाले स्थान पाउने र नगरको उन्नती प्रगतीमा सहयोग पुग्नेमा आफु ढुक्क रहेको बताउनु भएको थियो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपानेको अध्यक्षता र प्रतिष्ठानका प्रमुख संरक्षक एवं नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त प्रज्ञा सभामा मनोनीत भएका यसअघि सपथ लिन छुटेका प्रज्ञा सभा सदस्यहरुलाई कुलपति न्यौपानेले सपथ ग्रहण गराएसंगै सभा शुरु भएको थियो ।

आजको पहिलो प्रज्ञा सभामा कुलपति न्यौपानेले अहिले सम्मको लिखित प्रगति प्रतिवेदन र यस आर्थिक वर्षका लागि बार्षिक कार्ययोजना सहित अनुमानित खर्च विवरण समेत सभा समक्ष पेश गर्नु भएको थियो ।
सभाले कुलपति न्यौपानेले पेश गर्नु भएको विभागिय संयोजक,मासिक घुम्ती कार्यक्रम,मंसीर ६ गतेलाई बर्दघाट प्रज्ञा प्रतिष्ठान स्थापना दिवस मनाउने देखि यस आर्थिक वर्षका लागि बार्षिक कार्ययोजना सहित अनुमानित खर्च विवरणलाई सर्व सम्बतरुपमा पारीत गरेको थियो ।

त्यसैगरी सभामा विभागिय संयोजकहरुले आ–आफ्ना विभागमा बस्न चाहने सदस्यहरुको क्षेत्र पहिचान गर्ने काम समेत भएको छ भने प्रज्ञा सभा सदस्यहरुले अब देखि नगर भित्र हुने कुनै पनि भाषा,कला,संस्कृति र संगीतका कार्यक्रमहरुमा प्रतिष्ठानको सहभागिता र सहकार्य रहनु पर्ने सुझाब राखेका थिए । उनीहरुले प्रतिष्ठानले नगरको पहिचानका हुनेगरी सांस्कृतिक सम्मेलन समेत गर्न सुझाब दिएका थिए ।

Leave A Reply

Your email address will not be published.