Jilla Ban Notis

बर्दघाट प्रज्ञा प्रतिष्ठानमा मनोनित पदाधिकारीहरुलाई मनोनयन पत्र वितरण

0 96

कृष्ण ढकाल
बर्दघाट,मंसीर–६

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले स्थापना गरेको बर्दघाट प्रज्ञा प्रतिष्ठानमा मनोनित पदाधिकारीहरुलाई मनोनयन पत्र वितरण गरीएको छ । नगर प्रमुख शम्भुलाल श्रेष्ठले आज एक कार्यक्रमका विच मनोनयन पत्र वितरण गर्नु भएको हो ।

नगर प्रमुख श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्याय,प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा लगाएत नगरका सबै शाखा प्रमुखहरु र पत्रकारहरुको उल्लेखनीए उपस्थिती रहेको थियो ।

बर्दघाट नगरका साहित्य र कला क्षेत्रमा लागेका सबै स्राष्टाहरुलाई समाहितगरी नगरको भाषा,साहित्य ,कला,संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने हेतुले स्थापना गरीएको उक्त बर्दघाट प्रज्ञा प्रतिष्ठानको कुलपतिमा बर्दघाट–४ का डा. धनश्याम न्यौपाने परिश्रमी र उप–कुलपतिमा बर्दघाट–१३ का टीका पहारी मनोनित हुनुभएको छ ।
त्यसैगरी सदस्य सचिवमा बर्दघाट–१३ का रामविलास पौडेल मनोनित हुनु भएको छ भने परिषद् सदस्यमा बर्दघाट–४ का हुमनाथ आर्चाय,बर्दघाट–१२ का दीपप्रकाश लोहनी,बर्दघाट–७ का रामहरि अधिकारी,बर्दघाट–६ का जीवनाथ पौडेल,बर्दघाट–४ की लक्ष्मी बर्तौला,बर्दघाट–४ का लोक बहादुर मिजार,बर्दघाट–१४ का प्रेम बहादुर कामु र बर्दघाट–५ का कुस्माकर ढकाल (कृष्ण) बर्दघाट प्रज्ञा प्रतिष्ठानको संस्थापक परिषद् सदस्यमा मनोनित हुनुभएको छ ।

११ सदस्य प्रज्ञा परिषदका पदाधिकारीहरुको आज मनोनयन भएसंगै अब भोली नै परिषदको पहिलो बैठकबसी प्रतिष्ठानका गतिविधिहरुलाई नियमित ढंगले अगाडी बढाउने प्रतिष्ठानका कुलपति डा. घन श्याम न्यौपाने परिश्रमीले बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरका सबैक्षेत्रको भाषा,कला संस्कृतिको संरक्षण र नयां प्रतिभाहरुको जर्गेना गर्ने कार्यमा प्रज्ञा प्रतिष्ठानले उल्लेखनीय भुमिका निर्वाह गर्नेमा आफुविश्वश्त रहेको बताउनु भएको थियो ।

त्यसैगरी नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्यायले नगरको भौतिक निमार्णको विकाससंगै नगरवासीको बौदिक विकास गर्न जरुरी रहेको बताउनु भएको थियो । मानिसको बौदिक विकासमा कला र साहित्यले निक्कै प्रभावपार्ने बताउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.