Jilla Ban Notis

बर्दघाट नगर खेलकुद विकास समितिको संयोजकमा सन्तोष श्रेष्ठ मनोनयन ।

0 37

फूल कुमारी ढकाल
बर्दघाट,जेष्ठ–२६
बर्दघाट नगरपालिकाले बर्दघाट नगर खेलकुद विकास समितिको संयोजकमा सन्तोष श्रेष्ठलाई मनोनयन गरेको छ । त्यसै गरी सो समितिको सदस्यमा बर्दघाट वडा नं. ४ का कमल थापा, माया थापा क्षेत्री, बेल बहादुर छन्त्याल र विष्णु भण्डारीलाई मनोनयन गरिएको छ भने सामुदायीक विद्यालयका तर्फबाट वडा नं. ७ का दिपक पोखरेललाई र संस्थागत विद्यालयको तर्फवाट वडा नं. १२ का संञ्जय ढुङ्गानालाई मनोनयन गरिएको नगर प्रमुख धिरज शर्माले जानकारी दिनु भएको छ । त्यसैगरी उक्त समितिको सदस्यमा वडा नं. १३ का कृष्ण गौतम र वडा नं. १६ का भरत गुरुङ्गलाई बर्दघाट नगरपालिकाको नगर खेलकुद विकास समिति सदस्यमा मनोनयर गरीएको छ । उनीहरुलाई बर्दघाट नगरपालिकाको नगर खेलकुद विकास समितिको संचालन कार्य विधि २०७६ बमोजिम नगर प्रमुखले मनोनयन गरेको बर्दघाट नगरका प्रमुख प्रशासकिय अधिकृत मेघराज पाध्यायद्धारा हस्ताक्षरीत मनोनयन पत्रमा उल्लेख गरीएको छ ।

Leave A Reply

Your email address will not be published.