Jilla Ban Notis

बर्दघाट नगर खेलकुद विकास समितिले पुर्णता पायो

0 212

रवि पाण्डेय
बर्दघाट,माघ–११
बर्दघाट नगर खेलकुद विकास समितिले पुर्णता पाएको छ । बुधवार १३ सदस्सीय समिति विस्तारसंगै प्रमाण पत्र वितरण समेत गरिएको छ । प्रमाण पत्र वितरणको क्रममा नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरको खेलकुद क्षेत्रले नेतृत्व पाएकाले खेल गतिबिधिले तीब्रता पाउने विश्वास ब्यक्त गर्नुभयो ।

सो अवसरमा उपप्रमुख रुद्र प्रकाश उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, शिक्षा युवा तथा खेलकुद विकास शाखा लोकराज पन्थी नगर कार्यपालिका प्रवक्ता सन्त बहादुर गाहा , सामाजिक विकास समिति संयोजक भिमकाजी गुरुङलगायतको उपस्थिति रहेको थियो ।  यस अघि समितिको अध्यक्षमा दीपक थापालाई मनोनयन गरिएको थियो ।
समितिमा बेदविना तिवारी,रामबहादुर गुरुङ्ग, कमल सुनार,यमबीर रसाइली,माया थापा,रोशन सुनार,सुनिल चौधरी,पुर्ण बहादुर रखाल, सगुन जिसी,सोमनाथ अधिकारी,कविन्द्र राज तिवारी र सदस्य सचिवमा शाखाका अधिकृत गोबिन्द शर्मा रहनुभएको छ ।

Leave A Reply

Your email address will not be published.