Jilla Ban Notis

बर्दघाट नगरस्तरिय तेस्रो अन्तर विद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु

0 65

बर्दघाट,फागुन–८
बर्दघाट नगरपालिकाको आयोजनामा तेश्रो नगरस्तरिय अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु भएको छ । बर्दघाट–१४,धर्मवस्तीमा रहेको सरस्वती माबिको ब्यवस्थापनमा भएको उक्त कार्यक्रमको समुद्घाटन कार्यक्रम बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षता र प्रतिनिधि सभा सदस्य विनोद कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि चौधरीले खेलकुदले मानिसलाई स्वस्थ्य राख्न सहयोग पुर्याउने बताउनु भएको थियो । त्यसैगरी एउटा राम्रो खेलाडी बन्नु भनेको भविष्यमा जुस सुकै क्षेत्रमा पनि सफलता प्राप्त हुने आधार तयार हुने विचार नेता चौधरीले ब्यक्त गर्नु भएको थियो ।
त्यसैगरी प्रतिनिधि सभा सदस्य सरिता भुषाल खनालले खेलकुदले समाजमा मिलेर बस्न सिकाँऊने धारणा राख्नु भएको थियो। खेलकुदको माध्ययमबाट विद्यार्थीले अनुसासनका साथै समाजमा मिलेर बस्न र कार्य गर्ने बानीको विकास गर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर उप प्रमुख रुद्र प्रकश उपाध्याय ,नगरप्रवत्ता तथा वडा नं. १४ का वडाध्यक्ष सन्तु गाहा , बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा ,बर्दघाट नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक थापा लगाएतको उपस्थिती रहेको थियो ।

सरस्वती माविका प्र.अ. सोमनाथ अधिकारीको सञ्चालन रहेको उक्त तिन दिवसीय कार्यक्रममा १९ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने बताईएको छ ।

Leave A Reply

Your email address will not be published.