Jilla Ban Notis

बर्दघाट नगरमा पनि केबुल तथा ईन्टरनेट सेवा प्रदायक संस्थाका तारहरु ब्यवस्थापनगर्न शुरु।

0 175

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२१
बर्दघाट नगरक्षेत्रमा सेवा प्रवाह गरीरहेका केवल तथा ईन्टरनेट सेवा प्रदायक संघ संस्थाहरुले प्रयोग गरेका बिद्युतीय उपकरणहरुलाई ब्यवस्थीत गर्ने बिषयमा सरोकारवालाहरुसंगको छलफल कार्यक्रम आज सम्पन्न् भएको छ ।

बर्दघाट नगरपालिकाको पहलमा आज बर्दघाट नगरपालिकामा भएको सरोकारवालाहरुको विचको छलफलले नगरमा सेवा प्रदान गर्ने सबै केबुल तथा ईन्टर नेट सेवा प्रदायक संस्थाहरुले यहि मंसीर मसान्त सम्म नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणवाट अनुमति लिएर नगर पालिकामा सुचिकृत हुने निर्णय गरेको हो ।

त्यसैगरी सबै संस्थाले अनिर्वाय कर तिर्ने र प्रयोगमा नआएका बिजुलीका पोलहरुमा रहेका खाली तारहरु क्रमश हटाउदै जाने तथा नयां तार जडान गर्दा नियम अनुसारको उचाईमा रहने गरी तार जडान गर्ने समेत सहमित गरी निर्णय गरेको छ ।

अब्यवस्थीत रुपमा बजार क्षेत्रमा तार जडान गर्दा देखएको बजारको कुरुपता हटाउने र हुनसक्ने संभावित दुर्घटनाको न्यूनिकरण गर्ने उद्धेश्यले बर्दघाट नगरपालिकाले तारको उचीत ब्यवस्थापन गर्ने कार्यको शुरुवाद गरेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।

मंसीर महिना भित्र अनुमति लिने र कर तिर्ने त्यसपछि क्रमश अब्यवस्थीत तारहरु हटाउने कार्य नगरे नितिगत रुपमा नै सेवा प्रदायक केबुल तथा ईन्टरनेट ब्यवसायीहरुका तार बिद्युत प्राधिकारणले काटि दिने तयारी गरेको नेपाल बिद्युत प्राविकरण बर्दघाट वितरण केन्द्रका प्रमुख ई. दिगम्वर यादवले बताउनु भएको छ ।

 

Leave A Reply

Your email address will not be published.