Jilla Ban Notis

बर्दघाट नगरमा चैत्र ५ गते देखि हुने कक्षा ८ को परिक्षाको तयारी पुरा

0 247

कृष्ण ढकाल
बर्दघाट,फागुन–२९
शैक्षिक सत्र २०७९ को आधारभुत तह ( कक्षा ८ )को परिक्षा बर्दघाट नगरमा यहि चैत्र ५ गते देखि शुरु हुने भएको छ । चैत्र ५ गते देखि १३ गते सम्म संचालन हुने परिक्षाको तयारी अन्तीम चरण पुगेको बर्दघाट नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद् शाखाले जनाएको छ ।

शाखा प्रमुख लोकराज पन्थीका अनुसार बर्दघाट नगरका १ हजार २ सय ९३ जना बिद्यार्थीहरु अहिलेको आधारभुत तह ( कक्षा ८ )को परिक्षामा सहभागि हुदैछन । ९ वटा विद्यालयहरुमा केन्द्र बनाएर शुरु गर्न लागिएको यसबर्षको कक्षा आठको परिक्षामा बर्दघाट नगरका ३४ वटा विद्यालयहरुका बिद्यार्थीहरु सहभागि रहने नगर शिक्षा अधिकृत गोबिन्द शर्माले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.