Jilla Ban Notis

बर्दघाट नगरपालिका वडा नं. १६ मा पञ्जीकरण तालीम सम्पन्न् ।

0 47

कृष्ण ढकाल
बर्दघाट,पौष–२५
बर्दघाट नगरपालिका वडा नं. १६ मा पञ्जीकरण तालीम आज शुक्रवार सम्पन्न् भएको छ । जनप्रतिनिधि र कर्मचारीहरुका लागि लक्षीत गरी आयोजना गरीएको उक्त तालीम बर्दघाट नगरपालिका वडा नं. १६ को आयोजना तथा गाउँले दपर्ण मिडिया प्रा.ली.को ब्यवस्थापनमा सम्पन्न् भएको हो । कार्यवहाक अध्यक्ष दिल माया थापाको अध्यक्षता र गाउँले दपर्ण मिडिया प्रा.ली.का कार्यकारी निर्देशक कृष्ण ढकालको संचालनमा भएको औपचारीक कार्यक्रममा बोल्दै कार्यवहाक अध्यक्ष थापाले पञ्जीकरण सम्वन्धि तालीम हरेक जनप्रतिनिधिहरुका लागि आवश्यक रहेकोमा जोड दिनु भएको थियो । उहांले वडामा आउने जन्म ,विवाह,मृत्यु दर्ता,पारपाचुके,नागरीकताको सिफारीस लगाएतका विषयहरुमा के,कस्ता कागजातहरु हुनु पर्ने र के कसरी त्यसको सिफारी गर्ने भन्ने विषय सबैले नजानेकै कारण पछि अप्ठारोमा पर्न सकिने भएकाले यसप्रकारका तालीमहरुले आफुहरुलाई सहज र ढुक्क बनाएको धारणा राख्नु भएको थियो । वडा कार्यालयको सभाहलमा आयोतीज उक्त तालीममा बर्दघाट नगरपालिकाका पञ्जीकरण शाखाका उदयराज पाठक र वडा नं. ११ का सचिव लिल बहादुर चौधरीले सहजीकरण गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.