Jilla Ban Notis

बर्दघाट नगरपालिका वडा नं.११ द्धारा कृषकहरुलाई उन्नत जातको बेमौसमी तरकारीको विउ वितरण

0 14

कृष्ण ढकाल
बर्दघाट,माघ–२५
बर्दघाट नगरपालिका वडा नम्बर ११ ले आज एक कार्यक्रमका विच कृषकहरुलाई उन्नत जातको बेमौसमी तरकारीको विउ वितरण गरेको छ। कृषकहरुको उत्पादन बृद्धिगरी उनीहरुलाई कृषिमा प्रोत्साहन गर्ने र आत्म निर्भर बनाउने उद्धेश्यले बर्दघाट नगरपालिका वडानम्वर ११ ले उन्नत जातको बेमौसमी तरकारीको विउ वितरण गरेको हो । आज वितरीत विउमा करेला,भिन्डी,लौका,बोडी,फर्सी,काक्रा लगाएतको बिउ रहेको थियो ।
आर्थिक वर्ष २०७७/०७८ को निति तथा कार्यक्रम अनुसार वडाका किसानहरुलाई उन्नत जातको बेमौसमी तरकारीको विउ वितरण गरेको वडाध्यक्ष तिर्थराज फौजदार ले बताउनु भएको छ। उहांले बिउ लिएरमात्र नहुने भन्दै त्यसवाट अधिक्तम उत्पादन गर्नका लागि किसानहरुलाई आग्रह गर्नु भएको थियो ।

बर्दघाट नगरपालिका वडानम्वर ११ का वडाध्यक्ष तिर्थराज फौजदारको अध्यक्षता र वडा सचिव लिल बहादुर चौधरीको संचालन रहेको बेमौसमी तरकारीको विउ वितरण कार्यक्रममा कार्यपालिका सदस्य वेचन ठाकुर,वडासदस्यहरु ललीता देवि थारु,आशाराम थारु,लक्ष्मी परियार र यमकला भण्डारी लगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.