Jilla Ban Notis

बर्दघाट नगरपालिका लगाएत अन्यपालिकाले पनि बनाए क्वारेन्टाईन ।

0 38
कृष्ण ढकाल
बर्दघाट,चैत्र –१२
विश्वभरि माहामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बर्दघाट नगरपालिकाले बाल्मिकी मावि मोतीवस्ती र दिब्य ज्योती बहुमुखि क्याम्पस चिसापानीमा अस्थाई क्वारेन्टाईन तयार गरेको छ ।  बर्दघाट नगरपालिकाको वडा नं.१ मा रहेको बाल्मिकी माविमा २० शैयाको र दिब्य ज्योती बहुमुखि क्याम्पस चिसापानीमा १५ शैयाको सुविद्या सम्पन्न् बेड विस्तारा, विद्युत, खानेपानी, शौचालय सहितको व्यवस्थापन गरीएको बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्माले बताउनु भएको छ । पुर्वतयारीका लागि निर्माण गरीएकोे उक्त क्वारेन्टाईनमा नगरपालिकाको स्वास्थ्य शाखासंगको समन्वयमा गरी सेवा प्रदान गर्ने निर्देशन सहित पत्राचार गरीएको बर्दघाट नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत मेघनाथ पाध्यायले बताउनु भयो ।
विपत ब्यवस्थापनलाई न्युनिकरणका लागि अपनाईएको सजगता अर्थात अस्थाई क्वारेन्टाईनहरुको अवस्था र गरीएका प्रयासहरुको वारेमा जानकारी लिन प्रदेश नं. ५का सांसद दिपेन्द्र कुमार अधिकारीको टोली, नगरपालिकाको टोली र जिल्ला प्रशासन कार्यालयवाट खटेको टोलीले बुधवार नै छुट्टा–छुट्टै समयमा अवलोकन समेत गरेको थियो ।
सरावल गांऊपालिकाको क्वारेन्टाईन
सुस्ता गांऊपालिकाको क्वारेन्टाईन
पाल्हिनन्दन गांऊपालिकाको क्वारेन्टाईन

Leave A Reply

Your email address will not be published.