Jilla Ban Notis

बर्दघाट नगरपालिकाले संचालनमा ल्याएको कोरोना अस्थाई आईसोलेसनमा उपचार गरेर ३ जना घर फर्कीए।

0 29

कृष्ण ढकाल
बर्दघाट,बैशाख–३१
नवलपरासीको बर्दघाट नगरपालिकाले बर्दघाट–२ चिसापानीमा संचालनमा ल्याएको कोरोना अस्थाई आईसोलेसन अस्पतालमा उपचार गरेर ३ जना कोरोना संक्रमित विरामीहरु निकोभै घर फर्किएका छन् ।
बर्दघाट नगरक्षेत्रका कोरोना संक्रमित विरामीहरुलाई नगरपालिकाले संचालनमा ल्याएको अस्थाई कोरोना आईसोलेसन अस्पतालमा उपचार गर्नका लागि नगपालिकाले एचडीयू सेवा सहितको सेवा प्रदान गरीएको थियो ।

बर्दघाट–२ चिसापानीमा संचालनमा ल्याएको कोरोना अस्थाई आईसोलेसन अस्पतालमा आज अर्थात शुक्रवार सम्म १४ जना कोरोनाका विरामीहरुले सेवा लिई सकेको नगर प्रमुख धिरज शर्मा बस्यालले बताउनु भएको छ ।

बर्दघाट–२ चिसापानीमा संचालनमा ल्याईएको कोरोना अस्थाई अस्पतालमा सेवा लिएर निकोभै बुधवार १ जना घर फर्किएको र २ जना आज ( शुक्रवार ) घर फर्कने तयारीमा रहेको नगर प्रमुख बस्यालले बताउनुभयो ।

बर्दघाट नगरपालिकाले चिसापानीमा निमार्ण गरेको नयां अस्पताल भवनवाट एचडीयू सेवा सहितको सेवा प्रदान शुरु गरेसंगै चौपत्तामा रहेको शहीद स्मृति सामुदायिकअस्पताल वाट पनि १२ शैयाको अक्सिजन सहितको आइसोलेसन सेवा प्रदान गर्ने तयारीमा लागेको बर्दघाट नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मेधनाथ पाध्यले बताउनु भएको छ ।

त्यस्तै बर्दघाट नगपालिकाले अहिले नगरका दुईवटा एम्बुलेन्स मार्फत बुटवल, नारायणगढसम्म निःशुल्क सेवा प्रदान गरिरहेको जनाएको छ । कोभिडका कारण बर्दघाट नगर क्ष्ँेत्रमा गतवर्ष देखि अहिले सम्म २२ जनाको मृत्यु भइसकेको बर्दघाट नगरपालिकाको स्वास्थ्य शाखाको तथ्याकं रहेको स्वास्य शाखा प्रमुख माधब ज्ञवालीले बताउनु भएको छ ।

नवलवल परासी जिल्लामा कोरोना संक्रमितको संङ्ख्या विहिवार सम्म २ हजार९ सय ३ पुगेको छ भने १ हजार १ सय ९९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.