Jilla Ban Notis

बर्दघाट नगरपालिकाले बाख्रापालन कृषक पाठशाला दिवस मनायो ।

0 66

कृष्ण ढकाल
बर्दघाट,बैशाख–१४
बर्दघाट नगरपालिकाले बाख्रापालन कृषक पाठशाला दिवस मनाएको छ । आज बर्दघाट नगरपालिका पशु पन्छी विकास शाखाले बर्दघाट १६ सिद्धनगरमा एक कार्यक्रमको आयोजाना गरी बाख्रापालन कृषक पाठशाला दिवस मनाएको हो ।

पाठशालाका अध्यक्ष ईन्द्रा केसिको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बेल्दै नगर प्रमुख बस्यालले परम्परागत शैलीको पशुपालनलाई ब्यवस्थीत गर्दे उन्नत जातका बाख्राहरुको ब्यवसायिक पालन गर्नका लागि नगरले सहयोग गरेको बताउनु भयो । उहांले बर्दघाट १६ लाई पाख्राकाो अध्इयन अवलोकनको मुकायम बनाउने गरी ब्यवसायिक पालन गर्न आग्रह गर्नु भएको थियो ।

 

कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका पशुपन्छी बिकास शाखा अधिकृत भरत लम्सालले अहिले नगरको ५ स्थानमा २०७७ साल मंसीर देखि कृषक पाठशाला शुरु भएको बताउनु भएको थियो । उहांले कृषहरुका लागि विभिन्न प्रकारका जानकारीहरु प्रदान गर्नका लागि कृषक पाठशाला शुरु गरीएको र त्यो प्रभावकारी रहेको बताउनु भएको थियो । अहिले बर्दघाट नगरमा गाईई र बाख्राको पाठशाला संचालन गरीएको छ।

बोयर जातीको बिउँबोका देखि उत्पादित दोस्रो पुस्ताको बोयर बोका

 

बर्दघाट नगरका पशु सेवा प्राविधिक अभिषेक लामिछानेको संचालनमा भएको सो कार्यक्रममा बोल्दै एन. एल. एस. पि.का पसु सेवा सामाजिक परिचालक प्रेम वलिले २०७६ सालवाट बर्दघाट नगरक्षेत्रमा कृषक पाठशाला कार्यक्रमका लागि आर्थिक सहयोग गर्दै आएको जानकारी गराउनु भएको थियो ।
त्यसैगरी कार्यक्रममा कृषक पाठशाला विभिन्न समुहका महिला सदस्यहरुले आ–आफना अनुभवहरु राख्नु भएको थियो । कार्यक्रममा सावित्रि दवाडी,उमा जि.सी ,फुल माया रसाइली ,सितादेवि बि.क. मनकुमारी राना लगाएतले बाख्राहरुको ब्यवसायिक पालन गर्न शुरु गर्दाका अनुभवहरु राख्नु भएको थियो ।

 

ब्यवसायिक बाख्रापालनका लागि उत्साहित गर्नेका लागि बर्दघाट नगरपालिकाले १६ नं. वडा भित्रका समुहलाइ मध्येनजरगरी नगरबाट २ वटा बोयर जातीका बिउँबोका गत वर्ष नै उपलब्ध गराएको छ । तर ती दुई बिउँ बोयर बोकाहरुको औपचारीक हस्तान्त्रण भने आज गरीएको थियो ।

बोयर जातीको बिउँबोका किसानलाई दिएको एक वर्ष पछि हस्तानत्रण गर्दे नगर प्रमुख बस्याल

Leave A Reply

Your email address will not be published.