Jilla Ban Notis

बर्दघाट नगरपालिकाले प्रकोप ब्यवस्थापन कोषको आय–ब्यय सार्वजनिक गर्यो।

0 40

कृष्ण ढकाल
बर्दघाट,साउन –१६
बर्दघाट नगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ को आफ्नो नगरको प्रकोप ब्यवस्थापन कोषको आय–ब्यय रकम सार्वजनिक गरेको छ । विहिवार बसेको नगरको बिपद् ब्यवस्थापन समितिको बैठकमा उक्त कोषको पूर्ण विवरण सहितको आय–ब्यय विवरण सार्वजनिक गरेको थियो।
वडा नं. २,३,९,१० र १४ का वडाध्यक्षहरु ,नेकपाका नगर अध्यक्ष ईन्द्र कुमार राना ,नेपाली कांग्रेसका नगर सभापति शम्भुलाल श्रेष्ठ लगाएत विभिन्न राजनितिक दलका प्रतिनिधिहरु,प्रहरी,पत्रकार,बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने,बर्दघाट बजार विकास समितिका अध्यक्ष शिव कोईराला,जिमिरेभार बजार विकास समितिका अध्यक्ष नरेन्द्र थापा लगाएको सो बैठकमा सहभागिता रहेको थियो ।

विपद ब्यवस्थापन समितिको बैठकमा बर्दघाट नगरपालिकाका लेखा अधिकृत बिष्णुलाल पुरीले नगरको प्रकोप ब्यवस्थापन कोषको आय–ब्यय प्रस्तुत् गर्नुभएको थियो । जस्मा २ करोड ८५ लाख ७ हजार १ सय २६ रुपैया आम्दानी भएको विवरण प्रस्तुत् गर्नु भएको थियो भने त्यसवाट २ करोड ७८ लाख २५ हजार २ सय ७९ रुपैया असार मसान्त सम्म खर्च भएको बैठकमा जानकारी गराउनु भएको थियो । त्यसैगरी सो कोषवाट भुक्तानी दिनुपर्ने दायित्व वापतको रकम छोडेर कोषमा ४ लाख २८ हजार २ सय ७१ रुर्पैया वचत रहेको बैठकमा लिखित तथा मौखिक जानकारी गरानुभएको थियो ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालको अध्यक्षतामा भएको बिपद् ब्यवस्थापन समितिको बैठकमा स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले नगरमा कोभिड–१९ को स्थिति र नगरपालिकाले गरेका ब्यवस्थापकिय पाटोका वारेमा जानकारी गारउनु भएको थियो । ब्यवस्थापनकै सवालमा अब वडा नं. १ का लागि वि.पि.स्मृति भवन,वडा नं.२ का लागि दिब्य ज्योती बहुमुखी क्याम्पसको पल्लो भवन, वडा नं. ४ का लागि गुम्बा वा दाउन्ने क्याम्पस,वडा नं.८,९,१० र ११ का लागि मौराहाटांडीको सामाजिक भवन र वडा नं. १४,१५ र १६ का लागि तमु भवनमा ब्यवस्थापन गर्ने तयारी गरेको समेत जानकारी गराउनु भएको थियो ।

विहिवार नगरको सभाहलमा भएको बिपद् ब्यवस्थापन समितिको बैठकमा नगर प्रमुख धिरज शर्मा बस्यालले अब विद्यालयहरुमा रहेका क्वारेन्टाइनहरु हटाएर विद्यालय संचालन गर्ने वातावरण सृजना गर्नु पर्ने भएकाले त्यस तर्फ सबैको सहयोग आवश्य रहेको बताउनु भएको थियो । उहांले अब होम क्वारेन्टाइनलाई बढी जोड दिन पनि अनुरोध गर्नु भएको थियो ।
बैठकमा समुदायस्तरमा कोरोना संक्रमण भए÷नभएको बारे थाहा पाउन नमुनाका रुपमा ६० जनाको पी.सि.आर.बाट कोरोना परिक्षण गर्न ब्यवस्थापन गर्ने बारे समेत छलफल भएको थियो ।

Leave A Reply

Your email address will not be published.