Jilla Ban Notis

बर्दघाट नगरपालिकामा संचालित सामुदायिक विद्यालयहरुका गतिविधिमा नगरपालिकाको ध्यानपुग्न सकेन ।

0 21

कृष्ण ढकाल
बर्दघाट,पौष–१४
बर्दघाट नगरपालिकामा संचालित सामुदायिक विद्यालयहरुको संचालन प्रक्रियामा नगरपालिकाले एकरुपता ल्याउन नसक्दा विद्यालयहरु आफु अनुकुल संचालन भएका छन् । जस्का कारण नगरका विद्यालयले विद्यार्थीहरुको आफ्नो अध्ययन सटिफिकेट लिदां समेत मनोमानि तरीकाले शुल्क लिनेगरेको गुनासो आउने गरेको छ । आफ्ना छोराछोरीहरुको अध्ययन सटिफिकेट निकाल्नजाँदा विद्यालयले आफ्नो नियम बनाएर अभिभावकहरुसंग मनोपरी रकम असुलेको गुनासो गाऊँले दर्पण अनलाईनसंग अभिभावकले पोखेपछि बर्दघाट नगरका केहि सामुदायिक विद्यालयहरुसंग बुझदा सबैले आ–आफ्नो अनुकुल्तामा निति बनाएर रकम लिने गरेको पाईएको छ । तर नितिगत रुपमा कुनै कानुन नभएको बताउदै विद्यार्थीले आफुले अध्ययन गरेको सटिफिकेट निःशुल्क रुपमा पाउनु पर्ने बर्दघाट नगरपालिकाका शिक्षाशाखा प्रमुख ईन्द्र कुवरले बताउनु भएको छ । यस विषयमा उहांले पनि नगरभित्रका विद्यालयहरु मध्ये दिब्य ज्योतीमाविमा सबैभन्दा बढी रकम लिने गरेको हल्ला र गुनासो आएको बताउनु भएको छ । नगरपालिकाले यस विषयमा केहि नगरेको बताउदै आएका गुनासोहरु हलगर्न अब लाग्ने र लिनै पर्ने भए एकरुपता ल्याउन पहल गर्ने बताउनु भयो ।
उहांले विद्यालयले विद्यार्थीहरुको आफ्नो अध्ययन सटिफिकेट लिदां सके नि ः शुल्क दिनु पर्ने कारण वस लिनै परेमा अतिन्यूनतम, बढीमा ५ सय सम्म लिएमा मनासिफ हुने धारणा राख्नु भयो तर नितिगत रुपमा रकम लिने भन्ने कतै उल्लेख नभएको र आफुलाई थाहा नभएको बताउनु भयो ।  यस विषयमा विद्यालयका प्र.अ. हुमनाथ आर्चायसंग बुझदा आफुहरुले कक्षा १ देखि ८ सम्म अर्थात आधारभुत तहका लागि ५ सय कक्षा ९ देखि १२ सम्म ४ हजार रुपैया लिने गरेको बताउनु भएको छ । उहांले कक्षा ९ र १० का लागि कुनै कुनैलाई अवस्था हेरीकन १ हजार रुपैया सम्मपनि लिने गरेको बताउनु भयो । तर कक्षा ११ र १२ का लागि भने एस.ई.ई.को प्रमाण पत्र, कक्षा ११ र १२ को प्रमाण पत्र र मुल प्रमाण पत्र गरी तिनवटा दिनु पर्ने भएकाले ४ हजार नै लिने गरेको बताउनु भयो । बर्दघाट नगरपालिका भित्र संचालन भएका माविहरु मध्ये बर्दघाट वडा नं. ४ मा रहेको दाउन्ने देवि माविले कक्षा १ देखि १० सम्म ३ सय र कक्षा ११ र १२ को २ हजार लिने गरेको प्र.अ. चिरन्जीवी खनालले बताउनु भएको छ । उता बर्दघाट वडा नं. ९ पञ्चनगरमा रहेको राजा महात्मा पूर्णभद्र माविले सानो कक्षाको खासै सटिफिकेट लिन नआउने गरेकाले हेर्नु पर्ने र कक्षा ११ र १२ को २ हजार लिने गरेको प्र.अ पुष्पराज आचार्यले बताउनु भयो । त्यसैगरी बर्दघाट वडा नं. १४ गंगावस्तीमा रहेको गंगावस्ती माविले कक्षा १ देखि ८ सम्म एकको १ सय दुईको २ सय गरी कक्षा ८को आठ सय कक्षा १० को १,२५० र ११,१२ को १५ सय लिने गरेको प्र.अ. रामविलास पौडेलले बताउनु भएको छ । यता बर्दघाट वडा नं. ५ पाल्डांडामा रहेको शान्ति निकुञ्ज माविले कक्षा १ देखि ५ सम्म ५ सय कक्षा ६,७,८ को ८ सय कक्षा ९ र १० को १ हजार र कक्षा ११ ।१२ को ३ हजार रुपैया लिने गरेको प्र.अ. विजयरत्न पराजुलीले बताउनु भएको छ । त्यसैगरी बर्दघाट वडा नं. १ मोती वस्तीमा रहेको बाल्मीकी माविले कक्षा १ देखि ८ सम्म ५ सय र त्यसभन्दा माथि कक्षा १२ सम्म २३ सय लिने गरेको प्र.अ. क्षेत्र बहादुर थापाले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.