Jilla Ban Notis

बर्दघाट नगरपालिकाद्धारा नव निर्वाचीत सांसदहरुलाई सम्मान तथा बधाई ज्ञापन ।

0 95

कृष्ण ढकाल
बर्दघाट,मंसीर–१६
बर्दघाट नगरपालिकाले आफ्नो क्षेत्रबाट संघ र प्रदेशमा विजयी हुनुभएका सांसदहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान तथा बधाई ज्ञापन कार्य सम्पन्न गरेको छ । बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षता र नव निर्वाचीत सांसद विनोद चौधरीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न् भएको थियो ।

सम्मान तथा बधाई ज्ञापन कायक्रममा नगर प्रमुख श्रेष्ठले सांसद चौधरी समक्ष बर्दघाट नगरको विकासका लागि पञ्चनगर संसारकोट हुदै दुम्किवास निस्कने बैकल्पिक राजमार्ग निमार्ण ,खजुरी खोलाको पुल निमार्ण लगाएका कार्यमा पहलगरीदिन आग्रह गर्दै नगरका गर्नु पर्ने विकास निमार्णका योजनाको पुस्तीका नै हस्तान्त्रण गर्नु भएको थियो ।

बर्दघाट नगरले आयोजना गरेको सम्मान कार्यक्रम आफ्ना लागि निर्वाचीत भएपछिको पहिलो कार्यक्रम भएको बताउदै सांसद चौधरीले आफुले आफ्नो क्षेत्रको विकासका लागि औधोगिकीकरण मार्फत जसरी पनि नयां आयम लिएर नै अघिबढ्ने प्रतिवद्धता जाहेर गनुृ भएको थियो । उहांले स्वदेशी तथा विदेशी उद्योगहरु संचालनका लागि राज्यवाट नै नयां प्याकेज सहितको प्रोग्राम ल्याएर उद्योगीहरुलाई आफ्नो क्षमा उद्योग संचालनको वातावरण सृजना गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

त्यासैगरी प्रदेश सांसद विश्व प्रेम पाठकले बर्दघाट नगरले अघिसारेका नयां योजना सहितका सबै सपनाहरु पुरा गर्न आफु पूर्णरुपमा कटिवद्ध रहने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । भने अर्का प्रदेश सांसद देवकरण कलवार (सन्तु)ले आफ्नो क्षेत्रको विकासका लागि विनोद चौधरी कटिवद्ध रहेकाले आफु जनताको सेवामा समर्पित रहने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

नगर प्रवक्ता सन्तु गाहाको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा नगर उप प्रमुख रुद्र प्रकाश उपाध्यया र प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले नगरको विकासका लागि गर्नु पर्ने कार्यहरुका वारेमा आफ्ना भनाई राख्नु भएको थियो भने कार्यक्रमको संचालन कृष्ण थापाले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.