Jilla Ban Notis

बर्दघाट नगरपालिकाद्धारा कोभिड–१९ आईसोलेसन अस्पताल संचालन

0 22

कृष्ण ढकाल
बर्दघाट,बैशाख–२४
बर्दघाट नगरपालिकाले अक्सिजन सहितको आईसोलेशन सेन्टर आजवाट संचालन गरेको छ । नगरवासीहरुको स्वास्थ्य प्रति सम्वेदनशिल बन्दै नगरपालिकाले अक्सिजन सहितको आईसोलेशन सेन्टर संचालनमा ल्याएको नगर प्रमुख धिरज शर्मा बस्यालले बताउनु भएको छ ।

बर्दघाट–२ चिसापानीमा नव निर्मीत कोभिड–१९ आईसोलेसन अस्पतालमा अहिले १० बेडवाट सेवा दिन शुरु गरीए पनि त्यसलाई बढाएर २० बेड सम्म पुर्याउने लक्ष्यकासाथ कार्य गरीरहेको बर्दघाट नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत मेघनाथ पाध्यले बताउनु भएको छ ।

कोभिड–१९ को जोखिम बढेपछि नवलपरासीमा अहिले सातवटै स्थानिय तहहरुले अक्सिजन सहितको कोभिड–१९ आईसोलेसन अस्थाई अस्पताल संचालन गरेका छन ।

Leave A Reply

Your email address will not be published.