Jilla Ban Notis

बर्दघाट नगरपालिकाद्धारा प्याजको बिउ  वितरण ।

0 26

माधब प्रसाद घिमिरे

बर्दघाट,१५ मंसिर

बर्दघाट नगरपालिकाले कृषकलाई उन्नत जातको प्याजको बीउ वितरण सुरु गरेको छ । कुषकको मागका आधारमा प्याजको बिउ वितरण गर्न सुरु गरिएको बर्दघाट नगरपालिका नगरप्रमुख धिरज शर्मा बस्यालले बताउनु भयो । उहांले कृषिको विकासबिना आर्थिक समृदि सम्भव नभएको भन्दै सबै नगरवासीहरु  आफु सक्दो  कृषिमा तल्लीन रहन आग्रह गर्नु भयो  । कुषकलाई प्याजको बीउ हस्तान्तरण गर्दै नगर प्रम’ख वस्यालले नगरपालिकाले वितरण गरेका हरेक प्रकारका कृषिका उपकरण, तथा मल बिउ र प्रविधिले अब नगरका किसानहरुले राम्रोसंग प्रतिफल मुखि परिणाम आउने गरी उत्पादन गर्नेमा आफु विस्वस्त रहेको बताउनु भएको थियो ।

त्यसैगरी उपप्रमुख मायादेवि पौडेलले कृषि पेशालाई निर्वाहमुखिबाट व्यावसायिक बनाउन सबैलाई आग्रह गर्नु भएको थियो । भने प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यले किसानहरुलाई कुनै पनि समस्या भएमा नगरपालिका त्यसको समाधान गर्न तयार रहेको बताउन’ भयो । उहांले कुनै पनि समस्या आएमा तत्काल सम्वन्धित शाखामा जानकारी गराई प्रक्रिया गतरुपमा समाधानका लागि अघि बढ्न आग्रह गर्नु भएको थियो ।

बर्दघाट नगरपालिकाका  प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यको अत्यक्षाता नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यता र उप प्रमुख मायादेवि पौडेको स्वागत मतव्यवाट शुरुभएको कार्यक्रमको सञ्चालन कृषि शाखा प्राविधिक खुमाकान्त न्यौपानेले गर्नु भएको थियो ।

नगरपालिकाले यसअघि नगरका विभिन्न कृषक समुह तथा कृषिफामहरुलाई आवानाह गरेको स’चना अनुसार फार्म भरेका किसानहरुलाई प्याजको विऊ वितरण गरेको बर्दघाट नगरपालिकाका कृषि शाखा प्रमुख युवराज लम्सालले बताउनु भएको छ ।

https://www.youtube.com/watch?v=BKSUlhL79XA

Leave A Reply

Your email address will not be published.