Jilla Ban Notis

बर्दघाट नगरपालिकाद्धारा हाईब्रिड जातको मकैको बीउ बितरण शुरु ।

0 55

कृष्ण ढकाल

बर्दघाट,कार्तिक–७
बर्दघाट नगरपालिकाले नगरक्षेत्रका ब्यवसायिक किसानहरुका लागि ५० प्रतिशत अनुदानमा  रामपुर १० हाईब्रिड जातको मकैको बीउ बितरण शुरु गरेको छ । बर्दघाट नगरपालिकाको कृषि शाखाले गत भदौं २७ गते जारी गरेको १५ दिने सुचना अनुसार फारम भरेका किसान समुह र कृषि फर्महरुलाई मात्र उक्त मकैको बिउ वितरण गरेको छ ।

खेत र मागका आधारमा वितरण गरीएको मकैको विउ लिनका लागि ५० जनाले फारमभरेको बर्दघाट नगरपालिकाको कृषि शाखाका प्रमुख युवराज लम्सालले बताउनुभयो । नगरले मकैका लागि वडा नं. १४, १५ र १६ लाई पकेटक्षेत्रका रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।

मकैको बीउ बितरण कार्य शुक्रवार एक कार्यक्रमको आयोजनागरी शुरु गरीएको थियो । बर्दघाट नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत मेघराज पाध्यायको अध्यक्षता र बर्दघाट नगरपालिकाकी उप–प्रमुख माया देवि पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको थियो । सो अवसरमा वोल्दै उप प्रमुख पौडेलले नगरका किसानहरुलाई ब्यवसायिक र कृषि प्रविधि मैत्री बनाएर उत्पादनमा वृद्धि गर्नका लागि विभिन्न प्रकारका योजनाहरु अघि सारेको बताउनु भएको थियो । उहांले नगरका कुनै पनि वास्तविक किसानहरु अब मल विउ तथा कृषि औजारका कारण हिनाता बोध हुनु नपर्ने गरी नगरपालिका अघिबढेको पनि बताउनु भयो । कार्यक्रम जे.टि.ए.खुमकान्त न्यौपानेले संचालन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.