Jilla Ban Notis

बर्दघाट नगरपालिकाद्धारा नगरवासीहरुलाई पूर्व सतर्कता रहन आग्रह ।

0 34

कृष्ण ढकाल
बर्दघाट,श्रावण–२२
कोभिड–१९ को ब्यवस्थापनका लागि बर्दघाट नगरपालिकाले नगरवासीहरुलाई पूर्व सतर्कता रहन आग्रह गरेको छ । बुधवार अर्थात श्रावण २१ गते बसेको बर्दघाट नगरकार्यपालिकाको बैठकले समेत नगरवासीहरुलाई सुरक्षित गर्नका लागि थप प्रभावकारी कार्य गर्न जरुरी रहेको निचोड निकाल्दै अवलम्वन गर्नु पर्ने उपाएहरुलाई पूर्णपालना गर्नतर्फ प्रेरीत गर्ने निर्णय गरेको बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यायद्धारा जारी सुचनामा उल्लेख गरीएको छ ।

कोभिड–१९ को ब्यवस्थापन सम्वन्धि निर्णय सार्वजनीक सुचनामा उक्त कुरा उृल्ल्ेख गरीएको छ । माक्स,सेनेटाईजर लगाएतका ब्यीक्तगत सुरक्षा सामाग्रीहरुको अनिवार्य प्रयोग गर्ने देखि सामाजिक भौतिक दुरी कायम गर्नु पर्ने कुरा उल्लेख गरीएको छ । त्यसैगरी होम क्यारेन्टाईनको ब्यवस्था,विद्यालयहरुमा भएको क्वारेन्टाईन हटाएर सामुदायिक भवनमा सार्ने देखि अन्य देशवाट आउनेलाई अनिर्वाय पिसिआर रिपोर्ट सम्मका नगरकार्यपालिकाले निर्णय गरेको उल्लेख गरीएको छ ।

Leave A Reply

Your email address will not be published.