Jilla Ban Notis

बर्दघाट नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ज्ञवाली कोरोना संक्रमित ।

0 31

कृष्ण ढकाल
बर्दघाट,असोज–२८
बर्दघाट नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बर्दघाट नगरक्षेत्रका नगरवासीहरुको स्वास्थ्य प्रति जवाफदेहि बन्दै कोभिड ब्यवस्थापन ,क्वारेन्टाईन ब्यबस्थापन, स्वाव संकलन लगायतका काममा निरन्तर खट्दै गर्दा आफु पनि कोभिड–१९ वाटसंक्रमित हुन पुगेको ज्ञवालीले बताउनु भएको छ ।
ज्ञवालीले आफ्नो पिसिआर परिक्षणका क्रममा आज कोरोना पोजेटिभ देखिएकाले आफुसंग सम्पर्कमा रहेकाहरुलाई पनि सचेत रहन तथा पिसिआर परिक्षण गर्नका लागि सबैमा आग्रह गर्नु भएको छ । आफ्नो रिपोर्ट पोजेटिभ आएसंगै अहिले ज्ञवाली बुटवल स्थित आफ्नै घरमा होम आईसोलेसनमा रहेको बताउनु भएको छ । तर आफुलाई कोरोना संक्रमण भए पनि स्वास्थ्यमा भने कुनै समस्या नहरेको ज्ञवालीले बताउनु भएको छ ।
नगर प्रमुख धिरज शर्मा बस्याललाई कोरोना संक्रमण पुष्टि भएपछि हिजो मात्र नगरपालिकाका जनप्रतिनिधिहरु सहित कर्मचारीहरुको पनि स्वाब संकलगन गरीएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकं अनुसारबर्दघाट नगरपालिकामा अहिले १ सय ११ जनामा कोरोना संक्रमीत भएको छ ।

Leave A Reply

Your email address will not be published.