Jilla Ban Notis

बर्दघाट नगरपालिकाको आ.ब.२०७९/०८० का लागि ९१ करोडको बार्षिक बजेट (पूर्णपाठ सहित )

0 31

कृष्ण ढकाल
बर्दघाट,असार–१९
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको आ.ब. २०७९/०८० का लागि दशौं नगरसभाको दोस्रो बैठक समक्ष प्रस्तुत गरेको ९१ करोड को बार्षिक बजेट सर्बसम्वत रुपमा पारित भएको छ ।

नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्ययाले कार्यपालिकामा प्रस्तुत गर्नु भएको नगरको बार्षिक बजेटमा सडक विकास,विस्तार तथा स्तरउन्नतीका लागि १७ करोड रुपैया विनियोजिन गरीएको छ भने फोहर ब्यवस्थापनका लागि २ करोड र खानेपानी तथा सरसफाईका लागि २ करोड ६ लाख बजेट विनियोजन गरेको छ ।

त्यस्तै कृषि पशु विकास तथा प्रबद्र्धनका लागि ५ करोड १७ लाख विनियोजन गरीएको छ भने शिक्षाको लागि २६ करोड २० लाख विनियोजन गरेको प्रस्तुत बजेट बक्क्तयमा उल्लेख गरीएको छ ।
त्यसैगरी स्वास्थ्य क्षेत्रमा ९ करोड ३६ लाख ९२ हजार रुपैया विनियोजन गरेको छ ।

कुल विनियोजीत बजेटको चालु खर्च तर्फ ५२ करोड,८५ लाख २० हजार अर्थात विनियोतीज बजेटको ५८.०७ प्रतिशत र पूंजीगत तर्फ तर्फ ३७ करो ७९ लाख ७९ हजार अर्थात ४१.६४ प्रतिशत विनियोजन गरेको छ ।

त्यसैगरी दशौं नगरसभाको दोस्रो बैठकले संघ तथा प्रदेश सरकार समक्ष पेश गर्ने योजनाहरु समेत सर्व सम्वत रुपमा पास गरेको छ । नगर सभा नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षता र नगरका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यायको संचालनमा सम्पन्न् भएको थियो ।

नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्ययाले कार्यपालिकामा प्रस्तुत गर्नु भएको नगरको बार्षिक बजेटको पूर्ण पाठ यस्तो छ ।

नगरसभाका अध्यक्ष एवं नगरप्रमुख श्री शम्भुलाल श्रेष्ठ ज्यू , प्रमुख प्रशासकिय अधिकृत ज्यू ,

नगरसभाका सदस्य ज्यूहरु

सञ्चारकमी एवं नगरसभामा उपस्थित सम्पूर्ण कर्मचारी एवं अन्य महानुभावहरु ,

दोश्रो पटक भएको स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात यस जननिर्वाचित स्थानीय सरकारको कार्यकालको प्रथम वर्षको वजेट तर्जुमा गर्ने सन्दर्भमा बर्दघाट नगरपालिकाको गरिमामय दशौँ नगरसभाको दोश्रो वैठक समक्ष आर्थिक वर्ष २०७ ९ / ०८० को वार्षिक बजेट प्रस्तुत गर्ने अनुमति चाहान्छु ।

१. आगामी आ.व. वर्ष ०७ ९ /०८० को बजेट प्रस्तुत गर्ने यस अवसरका लागि आदरणीय सभाका अध्यक्षज्यू प्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छु ।

२. सर्वप्रथम नेपालको लोकतन्त्र प्राप्ती र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने सन्दर्भमा भएका सबै कालखण्डका राजनैतिक जनआन्दोलन र १० वर्षे जनयूद्धमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीद प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु । घाइते योद्धा तथा बेपत्ता प्रति उच्च सम्मान र परिवारजन प्रति गहिरो सहानुभूति प्रकट गर्दछु

३. संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको आधार स्तम्भको रुपमा रहेको स्थानीय तहको दोश्रो निर्वाचन सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन आयोग , राष्ट्रसेवक कर्मचारी , सुरक्षा निकाय , यस प्रक्रियामा संलग्न राजनीतिक दल , आम नगरवासी सबैमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छु ।

४. प्रस्तुत बजेट तर्जुमा गर्दा नेपालको संविधान , नेपालको दिर्घकालिन विकास लक्ष्य , पन्ध्रौ योजना , नेपाल सरकारको विनियोजन ऐन , २०७ ९ , लुम्बिनी प्रदेश सरकारको आगामी आ.व.को लागि तर्जुमा भएको वार्षिक नीति , कार्यक्रम तथा बजेट , वर्तमान सरकारको साझा न्युनतम कार्यक्रम र चुनावी घोषणा पत्र , संघीय र प्रदेश सरकारका माननीय सदस्यज्यूहरुको सुझावलाई मार्गदर्शनको रुपमा लिएको छु ।

५. बजेट तर्जुमा गर्दा स्थानीय राजनीतिक दल लगायत सबै वर्ग , क्षेत्र , लिङ्ग , समुदाय , सरकारी तथा गैह्रसरकारी संस्था , पेशागत संघ / संगठन , नागरिक समाज , बुद्धिजीवीहरुबाट रचनात्मक र श्रृजनात्मक सल्लाह र सुझावहरु प्राप्त भएका छन् । प्राप्त सुझावहरु अत्यन्तै मननीय छन् । ती सुझावलाई सम्मान गर्दै यथासम्भव समेट्ने प्रयत्न गरिएको छ

। गाउँ वस्ति स्तरका जनताको सहभागितालाई सुनिश्चित गर्दै , उनीहरुकै सहभागिता र आवश्यकतामा आधारित भएर योजना छनौट र प्राथमिकिकरण गरिएका छन् तथापी सबै आवश्यकता र चाहना तत्कालै पूरा गर्न सकिने अवस्था छैन । सीमित स्रोत र साधनको समानुपातिक परिचालन गर्दै जनता र हाम्रा विकासका चाहाना र आकांक्षालाई क्रमशः पूरा गर्नु पर्ने आजको यथार्थ रहेको छ । चालु आर्थिक वर्ष २०७८ / ०७ ९ बजेट कार्यान्वयन अवस्थाको समिक्षा र आगमी आ.व को वार्षिक बजेटको उद्देश्य तथा प्राथमिकता यस सभाको प्रथम वैठकमा प्रस्तुत भैसकेको छ ।
सभाध्यक्ष महोदय ,

अव म क्षेत्रगत नीति अन्तरगत आगामी आ.व. ०७ ९ / ०८० मा विभिन्न क्षेत्रहरुमा विनियोजित बजेट रकमको विषयमा प्रकाश पार्न चाहान्छु ।

सडक स्तरोन्नती तथा पुल कल्भर्ट

६. वडा कार्यालय , स्थानीय स्वास्थ्य संस्था , विद्यालय , कृषि सेवा केन्द्र , साप्ताहिक हाटबजार संग जोडिएका सडकहरुको विकास र विस्तार गर्ने , आवश्यकताका आधारमा नयाँ सडक खोल्ने र क्रमशः कालोपत्रे गर्ने नीति अनुरुप यस क्षेत्रमा आवश्यक बजेट व्यवस्था गरिएको छ ।

७ . बढी भन्दा बढी जनसहभागिता हुने गरी सडक निर्माण र स्तरोन्ती गर्न प्राथमिकता दिईने छ । नेपाल सरकार , प्रदेश सरकार , सडक बोर्ड , तराई मधेश संवृद्धि कार्यक्रमको समपुरक अनुदान तथा स्थानीय जनताको लागत सहभागितामा सडक स्तरोन्नती तथा कालोपत्रे गर्दै लगिनेछ । सडक विकास , विस्तार स्तरोन्नतीका लागि रु . १७ करोड ८० लाख ५३ हजार विनियोजन गरेको छु । जुन कुल बजेटको १ ९ .५६ प्रतिशत हुन आउछ यसबाट सर्वसाधारणलाई आवागमनमा सहयोग पुग्नुको साथै उल्लेख्य रोजगारी सिर्जना भै आर्थिक क्रियाकलाप सञ्चालनमा सहयोग पुग्ने आशा गरिएको छ ।

८. सडक लगायतका भौतिक पूर्वाधारहरुको दीगोपनका लागि यसको नियमित मर्मत सम्भारको आवश्यकता पर्दछ । यसर्थ प्रत्येक भौतिक पूर्वाधार निमाणका आयोजनाहरुको विनियोजित रकमको ५ % मा नवढ्ने गरी रकम कट्टा गरी १ करोड मर्मत सम्भार

कोषमा र ३ % मा नवढ्ने गरी भौतिक पूर्वाधारका आयोजनाको व्यवस्थापनका लागि समेत कन्टेन्जेन्सी तर्फ रु ५० लाख राख्ने व्यवस्था मिलाईएको छ । यस कोषमा जम्मा रकमबाट भौतिक पूर्वाधारका आयोजनाहरुको मर्मत सम्भार तथा आयोजना व्यवस्थापनका कार्यहरु गर्दै लगिनेछ ।

भवन तथा शहरी विकास

९ . “ सुरक्षित भवन निर्माण हाम्रो अभियान ” सुरक्षित आवासका लागि वस्ती विकास , राष्ट्रिय भवन संहिता तथा भवन निर्माण मापदण्डको प्रभावकारी कार्यान्वयन गर्नको लागि आवश्यक व्यवस्थापकीय प्रवन्ध गरिएको छ ।

१०. फोहर व्यवस्थापनको लागि सेनेटरी ल्याण्ड फिल्ड साइट निर्माण गर्न आवश्यक पर्ने जग्गाको स्वमित्व प्राप्त गरी निर्माण कार्यको प्रारम्भ गरिनेछ । यसका लागि रु २ करोड बजेट विनियोजन गरेको छु ।

११. निर्माण हुन वाँकी वडा कार्यालय भवन , स्वास्थ्य संस्था , कृषि सेवा केन्द्र , तरकारी संकलन केन्द्र , मन्दिर , मश्जित , चर्च , गुम्बा र सवै प्रकारका अधुरा सर्वजनिक तथा सामुदायिक भवनहरुको निर्माण कार्य लगायतका भवन तथा शहरी विकासका क्षेत्रका लागि रु ४ करोड ९९ लाख ५ हजार विनियोजन गरेको छु । जुन कुल बजेटको ५.४८ प्रतिशत हुन आउछ ।

खानेपानी तथा सरसफाई

१२. सबै नगरवासीहरुलाई स्वच्छ खानेपानी सुविधा पुऱ्याउन पानीको स्रोत संरक्षण गर्ने र सतही स्रोतको उपलब्धता नभएका क्षेत्रमा भूमिगत स्रोत उपयोग गरी खानेपानी विस्तार गर्ने नीति अनुरुप आवश्यक बजेट विनियोजन गरिएको छ ।

१३. बस्ती भित्र पानी पस्ने समस्याको सामाधान गर्न ढल तथा नाला व्यवस्थापन , खोला सफाई गरी वर्षायाममा पानीको निकाशको समूचित प्रवन्ध गर्न नाला तथा ढल निकाशका योजना कार्यान्वयन गरिने र फोहोरमैला दीगो व्यवस्थापन गर्न सरोकारवाला संगको साझेदारी र सहकार्यमा फोहोर व्यवस्थापन सम्बन्धी कार्य गरिनेछ । फोहोरमैला व्यवस्थापनको लागि नगरपालिकामा उपलब्ध सवारी साधनको परिचालन गरिनेछ । खानेपानी र सरसफाईको लागि रु .२ करोड ६ लाख १३ हजार विनियोजन गरेको छु । जुन कुल बजेटको २.२६ प्रतिशत हुन आउछ ।

सिंचाई

१४. साना सिंचाई , स्यालो ट्यूवेल जडान तथा डिप ट्यूवेल मर्मत गरी कृषि योग्य भूमिमा सिँचाई सुविधा पुऱ्याइनेछ । सिंचाइका लागि रु १ करोड ३३ लाख ५५ हजार विनियोजन गरेको छु । जुन कुल बजेटको १.४६ प्रतिशत हुन आउछ ।

कृषि तथा पशुपालन :

१५. नगर भित्रका वैदेशिक रोजगारबाट फर्केका नागरिक र नगरका व्यावसायीक कृषकलाई लक्षित गरि कृषिमा आधारित रोजगारी प्रवर्द्धन गर्ने र कृषि उत्पादन अभिवृद्धि गर्ने दिने नीति अनुरुप आत्मनिर्भरताको लागि सिंचाई सुविधा सहितको कृषि उत्पादन कार्यक्रम अन्तरगत कृषिको लागि सिँचाई वोरिङ्ग , स्यांलो ट्यूवेल , शित भण्डारमा लगानी , कृषि उपज संकलन तथा बजारीकरण , विविध कृषि यन्त्र उपकरण खरिदका क्रियाकलापहरुमा बजेट सुनिश्चित गरिएको छ । आधुनिक कृषि प्रविधिमा अनुदान , खाध्यान्न वाली प्रवर्द्धन कार्यक्रम , जैविक ( गड्यौला मल ) प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था गरिएको

छ ।

१६. दुग्ध उत्पादक किसान र खसि / वोकाको मासु उत्पादक किसानलाई प्रतिफलको आधारमा अनुदान उपलब्ध गराउने नीति अनुरुप दुधमा प्रति लिटर ५० पैसा र मासुमा प्रति के.जी रु २० को दरले प्रतिफलमा आधारित अनुदान उपलब्ध गराउन , वंगुर पालक किसानको लागि दाना उद्योग स्थापनाको लागि रकम विनियोजन भएको र गाई र भैंसी पालक किसानलाई कृत्रिम गर्भाधान वापत दिईदै आएको रु ४०० अनुदान उपलब्ध गराउन आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।

१७ कृषि र पशुविकास तथा प्रबर्द्धनका लागि रु ५ करोड १७ लाख ५० हजार विनियोजन गरेको छु । जुन कुल बजेटको ५.६८ प्रतिशत हुन आउछ ।

विद्युत तथा वैकल्पिक उर्जा

१८. विद्युत सेवा नपुगेका नगरका सवै स्थानमा नेपाल विद्युत प्रधिकरण संगको समन्वयमा विद्यूतको पंहुच विस्तार तथा विद्यमान लो भोल्टेजको समस्या सामाधान गरिने साथै तत्काल राष्ट्रिय प्रशारण लाइन पुर्याउन कठिन हुने देखिएका पोखरीछाप , चावाचा

विहारी , तिल्केनी , पटुके लगायतका ग्रामिण क्षेत्रका सवै घरमा वैकल्पिक सोलार प्रविधि मार्फत विजुली वत्ति वाल्ने व्यवस्था मिलाइने नीति कार्यान्वयनको लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।

१ ९ . सडक वत्ति विस्तार अभियानको लागि आवश्यक बजेट विनियोजन गरिएको छ , स्थानीय समूदाय समेतको सहभागितामा सडक वत्तीको दिगो व्यवस्थापन गर्दै लगिनेछ । समग्रमा यस क्षेत्रको लागि रु . ७२ लाख ७७ हजार विनियोजन गरिएको छ ।

सूचना तथा संचार

२०. सूचनाको हक सम्बन्धी कानून कार्यान्वयन गरिनेछ । पत्रकार महासंघ मार्फत हुने पत्रकारिता विकास प्रवर्द्धन सम्बन्धी क्रियाकलापहरुमा आवश्यक सहयोग गरिने छ , सूचना तथा अभिलेख केन्द्र व्यवस्थापन र सूचना तथा तथ्यांक अद्यावधिक गर्दै लगिनेछ । एफ.एम. रेडियो , पत्रपत्रिका Online Media तथा टेलिभिजन मार्फत नगरका गतिविधि सम्बन्धी जानकारी सम्प्रेषण तथा गुनासो सुन्ने लगायतका कार्यमा सञ्चार माध्यमको प्रभावकारी परिचालन गर्नको लागि आवश्यक रकम विनियोजन गरेको छु ।

शिक्षा

२१. सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई प्रदान गर्दै आएको वाल बिकास देखि कक्षा ६ सम्म ) दिवा खाजा , कक्षा १-१२ का सबै छात्रा तथा दलित छात्रछात्राहरु र अभिभावक विहिन वालवालिकालाई निःशुल्क पाठ्यपुस्तक तथा कक्षा १ देखी ८ सम्मका छात्राहरु र दलित विद्यार्थीहरुलाई छात्रवृत्ति , निःशुल्क पाठ्यपुस्तक तथा किशोर अवस्थाका छात्राहरुको लागि सेनेटरी प्याड वितरण जस्ता कार्यक्रमहरुको लागि आवश्यक बजेट सुनिश्चित गरिएको छ ।

२२. सामुदायिक विद्यालयमा सुरक्षित भवन , पर्याप्त फर्निचर , पुस्तकालय , शैक्षिक तथा खेलकुदका सामाग्री , प्रयोगशाला , स्वच्छ खानेपानी , छात्र – छात्राको लागी अलग अलग शौचालय , सरसफाई , इन्टरनेट , कम्प्युटर , शिक्षकको लागि शैक्षिक सहायता आदिको व्यवस्था गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।

२३. डिजिटल प्रविधीवाट शिक्षण गर्न सामुदायिक विद्यालयका शिक्षकलाई ल्यापटप र विद्यालयलाई प्रोजेक्टर ब्यवस्था गर्न शिक्षक , विद्यालय र नगरपालिकाको साझेदारीमा सुरु गर्ने , विद्यार्थीको सिकाई उपलब्धी तथा कार्यसम्पादनको आधारमा उत्कृष्ट विद्यालय , विद्यालय व्यवस्थापन समितिका पदाधिकारी शिक्षक तथा कर्मचारीलाई सम्मान तथा प्रोत्साहान लगायतका विविध क्रियाकलापहरुको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

२४ . शिक्षा क्षेत्रको लागि कुल रु . २६ करोड २० लाख ४७ हजार विनियोजन गरेको छु । जुन कुल बजेटको २८.७ ९ प्रतिशत हुन आउछ

स्वास्थ्य तथा पोषण :

२५. स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन चिसापानी अस्पताललाई आधुनिक अल्ट्रासाउण्ड एक्सरे मेशिनरी उपकरण लगायतका सामाग्री उपलब्ध गराई अस्पताल प्रशासनलाई चुस्त दुरुस्त बनाउने कार्यको लागि मात्र ४३ लाख बजेट विनियोजन गरिएको छ । सवै वडा स्तरमा रहेका स्थानीय स्वास्थ्य संस्था तथा खोप केन्द्रहरुमा पूर्वाधार , औषधी , स्वास्थ्य उपकरणहरु र प्रयाप्त जनशक्तिको व्यवस्था गर्ने लगायतको कार्यको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

२६. केन्द्र तथा जिल्लाबाट प्राप्त हुने औषधीबाट अपुग हुने औषधी खरिद गरी नियमित आपुर्तिको सुनिश्चितताको लागि रु ३४ लाख ५५ हजार बजेट व्यवस्था गरिएको छ ।

२७. सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्य र पोषण अवस्थामा सुधार ल्याइ मातृ तथा वाल मृत्युदर घटाउन सुत्केरी आमालाई बढीमा दुई सन्तान सम्मको लागि दिईदै आएको सुत्केरी पोषण भत्ताको लागि ५० लाख बजेट विनियोजन गरेको छु ।

२८. स्वास्थ्य क्षेत्रका लागि रु ९ करोड ३६ लाख ९ २ हजार बजेट विनियोजन गरेको छु गरिएको छ । जुन कुल बजेटको १०.२ ९ प्रतिशत हुन आउछ

वन , वातावरण तथा विपद् व्यवस्थापनः

२ ९ . वन क्षेत्रलाई वातावरण संरक्षण , दिगो विकास , रोजगारी सिर्जना र आर्थिक वृद्धिक महत्वपूर्ण आधारको रुपमा विकास गरिनेछ । सामुदायिक बन संग समन्वय गरी सामुहिक घाँस खेती , वेसार जडिवुटी लेमन ग्रास , अम्रिसो उत्पादन र काठको सहज आपूर्ति तथा वनजन्य दुना टपरी , ब्रिकेट , जैविक मल उत्पादन जस्ता उद्यम विकासका क्षेत्रक विस्तार गरिनेछ । सिमसार र ताल तलैयाहरु तथा पुराना पोखरीको संरक्षण र सम्वर्द्ध गरिनेछ । विकास निर्माण तथा पूर्वाधार आयोजनाहरू कार्यान्वयन गर्दा नम्वरी कूल खोला , खोल्सा इत्यादी पानी निकाश हुने परम्परागत स्थानको संरक्षण तर्फ विशेष ध्यान दिइनेछ साथै आवश्यक स्थानमा ह्यूम पाइप , कल्भर्ट , पुल , पुलेसाको संरचना निर्माण गरी पानीको प्राकृतिक वहावलाई नरोक्ने गरी संरचना निर्माण गरी उचीत पानी निकासक प्रवन्ध गर्ने लगायतका कार्यको लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।

३०. वृक्षारोपण , तटबन्ध तथा अन्य तरिकाबाट भूक्षय नियन्त्रण गरी कृषि योग्य जमिन बसोवास क्षेत्रको संरक्षण गरिनेछ । नदी , खोला , खोल्सा र खहरेबाट कटान डुवान भ क्षतिग्रस्त हुन पुगेका जमिन तथा जोखिममा परेका क्षेत्रहरुको संरक्षण गरिनेछ साथै बस्ती भित्र पानी पस्ने समस्याको सामाधान गर्न ढल तथा नाला व्यवस्थापन , खोला सफाई गर्न वर्षायाममा पानीको निकाशको समूचित प्रवन्ध गर्न विपद् पिडितहरुको उद्धार , राहत पुर्नस्थापनाको लागि र आपतकालिन अवस्थामा प्रयोग हुने दमकल , एम्वुलेन्स , घुम्त शौचालय , व्याकोलोडर , टिपर , ट्रयाक्टर लगायतका मेशिनरी औजारहरु तथा डोरी , हुँग वोरा , जाली , वेल्चा त्रिपाल , फायर एक्सटिङ्गगुसर , लाइफ ज्याकेट लगायतका विप व्यवस्थापनमा प्रयोग हुने उपकरणहरुको प्रवन्ध मिलाइने लगायतका कार्यको लागि छ विपद् व्यवस्थापन कोषमा रु . १ करोड विनियोजन गरेको छु । माथि उल्लेखित समग्र ब वातावरण तथा विपद व्यवस्थापन संग क्रियाकलापको लागि रु . २ करोड लाख १७ ला २२ हजार विनियोजन गरिएको छ । जुन कूल बजेटको २.३८ प्रतिशत हुन आउछ ।

यूवा , खेलकुद एवं श्रम तथा रोजगार :

३१. सीपमूलक तालिम तथा व्यवसायिक शिक्षाका माध्यमवाट श्रम बजारमा प्रवेश गरेका नवप्रवेशी यूवाहरुलाई स्वरोजगारमूलक कृषि , पशुपालन , बनमा आधारित उद्यम तथा सार्वजनिक पूर्वाधार निर्माणमा आधारित स्वरोजगारीको अवसर सिर्जनाको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

३२. खेलकुदको माध्यमवाट नगरको गौरव वढाउन राष्ट्रपति रनिङ्ग शिल्ड , सूर्यनगर गोल्डकप , नगर स्तरिय बिभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गरिनेछ खेल क्षेत्रमा योगदान पुर्याउने खेलाडीहरुलाई सम्मान एवं प्रोत्साहन गर्ने नीति अनुरुप यस क्षेत्रमा रु २० लाख बजेटको व्यवस्था मिलाएको छु ।

३३. दुर्व्यसनी लाई निरुत्साही गर्न यस सम्बन्धी मनोपरामर्श तालिम तथा युवा पुर्नस्थापना केन्द्रको स्थापनाको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

३४. आर्थिक विकास र गरिवी निवारणका लागि सहकारी क्षेत्रलाई उद्यमशिलता , उत्पादन र रोजगारी संग आवद्द गरि सामाजिक चेतना अभिवृद्धि तथा सिप विकासका कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि बजेट व्यवस्था गरिएको छ ।

३५. यूवा , खेलकुद एवं श्रम तथा रोजगारीको क्षेत्रमा कूल रु १ करोड ५५ लाख ९ ५ हजार विनियोजन गरेको छु । जुन कूल विनियोजनको १.७१ प्रतिशत हुन आउछ । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र सामाजिक संरक्षण

३६. वैदेशिक रोजगारमा रहेका पुरुषका परिवारहरुलाई संगठित गरी सिपमूलक एवं उत्पादनमूलक क्षेत्रमा परिचालन गरी उनीहरुका परिवारलाई स्वदेशमै जीवनयापन गर्ने आधार निर्माण गर्नको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

३७ महिलाको आर्थिक आत्मनिर्भरताको तथा क्षमता अभिवृद्धि र सशक्तिकरणका लागि सीपमूलक तालिम , आय आर्जन र महिला अधिकार सम्बन्धी कार्यक्रम संचालन गरिनेछ । ३८. अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोगी सामाग्रीहरु तथा खेल खेल्नका लागि खेल सम्बन्धी सामाग्री वितरण गर्ने व्यवस्था मिलाइने छ ।

३ ९ . महिला सशक्तिकरण तथा आदिवासी / जनजाति , दलित , मधेशी , मुस्लिम , पिछडा वर्ग क्षमता अभिवृद्धि , लैङ्गिक हिंसा तथा सामाजिक कुरिती विरुद्धको सचेतनामुलक कार्यक्रम , संचालन गरिनेछ ।

४०. मातृ तथा शीशु पोषणको लागि आवश्यक व्यवस्था मिलाईएकोछ । मागमा आधारित लक्षित कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिनेछ ।

४१. अपांगता भएका व्यक्तिहरुको सिप विकासको लागि बजेट विनियोजन गरिएको छ । ४२. वि.सं २०५२ साल देखी २०६२ साल सम्म माओवादी जनयूद्दको समयमा राज्य पक्षबाट र विद्रोही पक्षबाट सहिद भएका र वेपत्ता भएका व्यक्तिका सवैभन्दा निकटतम व्यक्तिलाई सम्मान स्वरुप मासिक रु २००० उपलब्ध गराउने व्यवस्थाको लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।

४३ . अति विपन्न र गरिब नागरिकहरुको मृत्यू संस्कारमा आवश्यक सहयोग गर्ने उद्देश्यले मृत्यू भएको ३५ दिन भित्र घटना दर्ता गर्ने व्यक्तिको परिवारलाई सम्बन्धित वडाकोसिफारिस र मृत्यू दर्ता प्रमाणपत्रको आधारमा मृत्यू संस्कार खर्च बापत रु ५००० उपलब्ध गराउने व्यवस्थाको लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।

४४. लैंगिक समानता तथा सामाजिक समावेशीकरण र सामाजिक संरक्षण अन्तरगत विविध क्रियाकलापहरुको लागि रु १ करोड ३३ लाख ९ ४ हजार विनियोजन गरेको छु । जुन कुल बजेटको १.४७ प्रतिशत हुन आउछ ।

संस्थागत विकास तथा सेवा प्रवाहः

४५. कार्यपालिकाको कार्यालय , वडा कार्यालय , विषयगत शाखाबाट प्रवाह हुने सेवा प्रवाह तथा सामुदायिक विद्यालयको पठनपाठनलाई थप प्रभावकारी बनाउन ई- हाजिरी जडान तथा विभिन्न सफ्टवेयर प्रविधिको प्रयोग गरी सकेसम्म सूचना प्रविधि मैत्री बनाउनको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

४६. यस नगरपालिकाको भू – उपयोग नीति निर्माण तथा योजना तर्जुमा को लागि आवश्यक बजेट व्यवस्था गरेको छ । सुकुम्बासी आयोग संगको समझदारी अनुरुप कार्य गर्नको लागि तथा सार्वजनिक जग्गाको तथ्यांक संकलन र संरक्षणको लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।

४७. न्यायीक समिति पदाधिकारीहरुको क्षमता विकास गरी न्याय सम्पादनको कामलाई प्रभावकारी बनाइनेछ , स्थानीय सूचिकृत मेलमिलापकर्ताहरु समेतको क्षमता विकास गरी निजहरु मार्फत समुदायमा कानुनी सचेतना उपलब्ध गराउने साथै स्थानीय स्तरमा नै विवादको निरुपण गरी गरिब जनताको लागि सस्तो र सर्वसुलभ न्यायमा पहुँच स्थापित गर्ने कार्यलाई संस्थागत गर्न आवश्यक बजेट विनियोजन गरेको छ ।

४८. सम्बन्धित वडामा उठेको बहाल करको २० प्रतिशत वरावरको रकम स्थानीय टोल विकास संस्थाले माग गरेको कार्यक्रमको आधारमा उपलब्ध गराइने नीति अनुरुप टोल विकास संस्थालाई परिचालन गर्न आवश्यक बजेट व्यवस्था मिलाएको छु । ४ ९ . व्यावसायी मैत्री कर नीति अवलम्बन गर्दै नगरपालिकामा नयाँ व्यावसाय सूचिकृत गर्दा नगर स्थित विभिन्न उद्यमी व्यावसायी संस्थाको सिफारिसमा सूचिकृत भएको अवस्थामा प्रोत्साहान स्वरुप नयाँ व्यावसायी सूचिकृत दस्तुर र उपरोक्त व्यावसायीबाट प्राप्त वार्षिक व्यावसाय कर बाट प्राप्त हुने कूल रकमको २० प्रतिशत रकम सम्बन्धित संस्थाले माग गरेको आयोजना तथा कार्यक्रममा खर्च गर्न सक्ने गरी उपलब्ध गराइने नीतिगत व्यवस्थाको कार्यान्वयन गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।

५०. सफ्टवेयरमा आधारित नगर पार्श्वचित्र ( City Profile ) तयार गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।

५१. यस संस्थागत विकास तथा सेवा प्रवाह क्षेत्रमा कूल बजेट रु १ करोड ४१ लाख विनियोजन भएको छ जुन कूल बजेटको १.५ प्रतिशत रहेको छ ।

सभाध्यक्ष महोदय ,

अब म बजेटको विनियोजन र श्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्दछु ।

५२ वजेट तर्जुमा गर्दा सन्तुलन कायम गर्ने प्रयत्न गरिएको छ । आर्थिक वर्ष २०७ ९ / ०८० को नीति तथा कार्यक्रम र कार्यक्रम आयोजनाहरु कार्यान्वयन गर्न जम्मा रु.९ १ करोड बजेट विनियोजन गरेको छ । कुल विनियोजन मध्ये चालु खर्च तर्फ रु .५२ करोड ८५ लाख २० हजार अर्थात कुल विनियोजित रकमको ५८.०७ प्रतिशत र पूँजीगत तर्फ रु . ३७ करोड ७ ९ लाख ७ ९ हजार अर्थात ४१.६४ प्रतिशत विनियोजन गरेको छ । यस बजेटमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानिकरण , समपुरक अनुदान , विशेष अनुदान , राजश्व बाँडफाँड र सशर्त अनुदान समेत समावेश गरिएको छ । कार्यक्रम र र श्रोतगत विवरण सहितको बजेटको विस्तृत विवरण सभा समक्ष आजै सार्वजनिक गरिएको छ । ५३. संघीय र प्रदेश सरकार तथा अन्य विभिन्न निकायहरुसंग लागत सहभागिताको आधारमा कार्यक्रम तथा आयोजना संचालन गर्नको लागि समपुरक एवं लागत साझेदारी कोषको व्यवस्था गरिएको छ । यसको लागि रु . ५ करोड बजेट विनियोजन गरेको छु ।

लागत सहभागिताका माध्यमबाट नगर क्षेत्र भित्र पूर्वाधार निर्माण कार्य गर्नको लागि लागत सहभागितामा सञ्चालन हुने योजनाहरु तर्फ अलग्गै कोषको व्यवस्था गरिएको छ । यसको लागि रु . १ करोड बजेट विनियोजन गरेको छु ।

अन्त्यमा

बर्दघाट नगरपालिकाको प्रस्तुत बजेट शान्त , समृद्ध र सुन्दर समाजको स्थापना गर्ने यस नगरको लक्ष्यको प्राप्ती गर्ने औजार हो । नगरपालिकाको मात्रै एक्लो प्रयासबाट अपेक्षित लक्ष्य हासिल गर्न सम्भव छैन । यसको लागि सरकारी , गैरसरकारी , सामुदायिक र सहकारी संस्थाहरुको सहयोग र समन्वय आवश्यक छ । सोही विषयलाई मध्यनजर गरी प्रस्तुत बजेट तर्जुमा गरिएको छ । बर्दघाट नगरपालिकाको बजेट तर्जुमा गर्नको लागि सहयोग पुऱ्याउनु हुने संघ तथा प्रदेश सरकारका माननीयज्यूहरु , नगर कार्यपालिकाका पदाधिकारीज्यूहरु , नगरसभा सदस्यज्यूहरु , राजनीतिक दल , नागरिक समाज , पेशागत संघ / संगठन , संचार जगतका मित्रहरु , गै.स.स. तथा निजी क्षेत्र विकासका साझेदार , समाजसेवी , बुद्धिजिवी एवं बजेट तयार गर्नमा अहोरात्र खटिने बर्दघाट नगरपालिका सम्पूर्ण कर्मचारीहरु लगायत सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गर्दै प्रस्तुत बजेटको सफल कार्यान्वयनमा यहाँहरु सवैको निरन्तर सहयोग रहने आपेक्षा गर्दै नगर विकासको अभियानमा सहभागी हुन सम्पूर्ण नगरबासीहरुलाई हार्दिक आव्हान गर्दछु ।

                                                                   धन्यवादः

Leave A Reply

Your email address will not be published.