Jilla Ban Notis

बर्दघाट नगरक्षेत्रका किसानहरुको माटो परिक्षण रिपोर्ट सार्वजनीक

0 85

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२४
बर्दघाट नगरपालिकाको कृषि शाखाले नगर क्षेत्रका किसानहरुको माटो परिक्षण गरी त्यसको रिपोर्ट सार्वजनीक गरेको छ । गत बैशाख १५ गते देखि कृषकहरुको खेतवारीमा गएर ल्याईएको माटोको रिजल्ट अर्थात माटोमा भएको अमिलीयपन र त्यसले दिन सक्ने उत्पादनको अवस्थाको रिपोर्ट हिजो सार्वजनीक गरीएको थियो ।

बर्दघाट नगरपालिकाको सभाहलमा भएको सार्वजनीक कार्यक्रममा सम्वन्धित वडाध्यक्षहरुलाई बोलाएर सो वडाको माटो परिक्षणको रिपोर्ट वडा मार्फत सम्वन्धीत किसानलाइ दिने गरी रिपोट हस्तान्त्रण समेत गरीएको बर्दघाट नगरपालिका कृषि शाखाका जेटिए खुमाकान्त न्यौपानेले जानकारी दिएका छन ।
नगर प्रमुख धिरज शर्मा बस्यालले सोरिपोर्ट सम्न्धित वडाध्यक्षहरुलाई हस्तान्त्रण गर्नुभएको थियो । सो अवसरमा नगर उप प्रमुख लगाएतको उपस्थिती रहेको थियो ।

नगरका १ सय ९० किसानहरुको सेम्पल लिएको माटोमा बढीमात्रामा धान खेती हुनेगरेकाले त्यसमा युरीया र पोटासको मात्र बढाउनु पर्ने र डिएपिको मात्रा घटाउनु पर्नै खालको अधिकाम्स रिपोर्टमा आएको जेटिए न्यौपानेले जानकारी दिएका छन ।

Leave A Reply

Your email address will not be published.