Jilla Ban Notis

बर्दघाट नगरको प्रकोप ब्यवस्थापन कोषमा रकम जम्मा गर्नेहरुको लर्को ।

0 13

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२०
बर्दघाट नगरपालिकाले स्थापना गरेको नगरको प्रकोप ब्यवस्थापन कोषमा रकम जम्मा गर्नेहरुको लर्काे नै लागेको छ । कोरोना भाईरसको न्यूनिकरणका लागि लक डाउन भएसंगै नगर क्षेत्रका अति विपन्न तथा ज्याला मजदुरी गरेर खाने घरपरिवारहरुका लागि राहत सहयोग प्रदान गर्नका लागि नगर क्ष्ँेत्रका विभिन्न संघ संस्था,विद्यालय एव सामाजिक ब्यक्तित्वहरुले सो कोषमा रकम जम्मा हुनेगरी नगर प्रमुख धिरज शर्मा वस्याललाई हस्तान्त्रण गरेका छन्  । विहिवार मात्र नगरक्षेत्रमा रहेका माविहरु दाउन्नेदेवी मावि बर्दघाट– ४बर्दघाट,सरस्वती मावि बर्दघाट– १४कुञ्जनपुर  र गंगा मावि बर्दघाट– १४ गंगाबस्तीले २५÷२५ हजार रकमको चेक नगर प्रमुख वस्याललाई हस्तान्त्रण गरेका छन् ।  यसैगरी हिजो बर्दघाट १२ जहदामा रहेको नित्यानन्द रत्नकुमारी माविले पनि नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा सहयोग प्रदान गरेको थियो ।
त्यसैगरी बर्दघाट–४ थारुगाऊमा रहेको नव जागृति आमा समुह बर्दघाट–४ पिपलनगरले पनि बर्दघाट नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा ११ हजार एक सय ५ रुपैयाको रकम हस्तान्त्रण गरेको छ अतिबिपन्न तथा दैनिक ज्यालादारीका मजदुरहरुलाई खाद्यान्नल गाएत राहतको ब्यवस्थाका लागि आमा समुहले सो रकम एन आई सी एशिया बैक बर्दघाट शाखाको प्रकोप ब्यवस्थापन कोषको खाता मा जम्मा हुनेगरी प्रदान गरेको सरिता खनालले जानकारी दिनुभयो ।

त्यस्तै
सुलभ वचत तथा ऋण सहकारी संस्था लि. बर्दघाट –७ ले बर्दघाट नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा २५ हजार रुपैया प्रदान गरेको संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार रामचन्द्र अधिकारीले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.