Jilla Ban Notis

बर्दघाट दुई चिसापानीबाट अबैध काठ बरामद ।

0 39

उर्मिला यादव

सुनवल,आषाढ १
नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीबाट प्रहरीले एक लाख मुल्य बराबरको साल जातको अबैध काठ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका अनुसार इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानी स्थित बिक्रम गुरुङ को घरको कोठा भित्रबाट चारपाटे १७ थान २१।९ क्युफिट काठ बरामद गरेको हो ।
उक्त काठ अबैध तस्करी गरि घरमा राखिएको गोप्य सूचनाको आधारमा प्रहरीले बरामद गरेको जनाएको छ । बरामद गरिएको काठ र निज बिक्रम गुरुङलाइ आज नै आवश्यक कारवाहीको लागी बर्दघाट सरावल सब डिभिजन बन कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.