Jilla Ban Notis

बर्दघाट जेसीज द्धारा एम्बुलेन्सका चालकहरुलाई लक्षीत गरी १५ थान पि.पि.ई. सहयोग ।

0 22

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२६
बर्दघाट जेसीज (प्र.)वर्ष २०२० ले बर्दघाट नगरपालिका भित्र रहेका एम्बुलेन्सका चालकहरुको सुरक्षालाई मध्येनजर गरी  १५ थान पि.पि.ई. सहयोग गरेको छ । बुधवार जेसीजका पदाधीकारीहरुले नगरपालिका भरीका एम्बुलेन्सका चालकलाई प्रदान गर्न भन्दै नगरपालिका पुगेर नगर प्रमुख धिरज शर्मालाई उक्त पि.पि.ई. हस्तान्त्रण गरेका छन् । बर्दघाट जेसीजका अध्यक्ष गणेश न्यौपाने महासचिव मोहन सापकोटा ,बर्दघाट जेसीजका संस्थापक अध्यक्ष राजु न्यौपाने,कार्यक्रर्यक्रम संयोजक,राजु अर्याल,निर्मल पाण्डे,दिनेश न्यौपाने लगाएतको टोली नगरपालिका पुगेको थियो । कोरोना भाईरसको संक्रमणवाट बच्नका लागि सहज मानिएको पि.पि.ई.भएपछि चालक सुरक्षित हुने भएकाले उक्त १५ थान पि.पि.ई. सहयोग गरेको जेसीजका महासचिव मोहन सापकोटाले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.