Jilla Ban Notis

बर्दघाट खानेपानी सुरक्षा योजना टोलीद्वारा सचेतना कार्यक्रम सम्पन्न् ।

0 17

माधब प्रसाद घिमिरे
बर्दघाट,माघ –१७
नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता समिति अन्तरगतको खानेपानी सुरक्षा योजना टोलीको आयोजनामा आज सरसफाई तथा कोभिड सचेतना कार्यक्रम सम्पन्न् भएको छ ।
बर्दघाट वडा नम्वर ४ को शिवशक्ति टोलमा भएको कार्यक्रममा संस्थाले टोल विकास संस्थालाई सरसफाई सामाग्री समेत प्रदान गरेको थियो । संस्थाका उपाध्यक्ष एंव खानेपानी सुरक्षा समितिका संयोजक दिपक लम्सालको अध्यक्षता र सचिव धन बहादुर गुरुङ्गको संचालनमा भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार सिद्धिविलास हमाल प्रमुख आतिथीका रुपमा रहन भएको थियो भने संस्थाका अध्यक्ष धातानन्द बस्याल बिशेष अतिथि रहनु भएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि हमालले आफुहरुले शुरुगरेको संस्थाले अहिले प्रगति गरेको देख्दा आफुहरु निक्कै खुशीभएको बताउनु भएको थियो । त्यसैगरी संस्थाका अध्यक्ष बस्यालले आफ्नो कार्यकाल भित्र पालैपालो सबै क्षेत्रका टोलहरुमा सचेतनाका कार्यक्रमहरु संचालन गर्ने बताउनु भएको थियो ।


त्यस्तै संस्थाका उपाध्यक्ष एंव टोली संयोजक दिपक लम्सालले संस्थाले नयाँ–नयाँ योजना ल्याएको बताउदै संस्थाले खानेपानी तथा सरसफाई क्षेत्रमा फड्को मारेको बताउनु भएको थियो ।
कृष्णहरि पौडेलको सहजीकरण गोमा खनालको स्वागत रहेको कार्यक्रममा पत्रकार कुष्माकर ढकाल (कृष्ण) बोमलाल पाण्डे, शिवदेवी भट्टराई लगायतले आ–आफ्ना भनाईहरु राख्नु भएके थियो ।

Leave A Reply

Your email address will not be published.